नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Category: जनसम्पर्क समिति

कुवेत

नेपाली जनसम्पर्क समिति कुवेतद्वारा ११२औं वीपी जयन्ती एवम् संविधान दिवस कार्यक्रम आयोजना

कुवेत सिटी(कुवेत), ३ असोज । नेपाली जनसम्पर्क समिति कुवेतले ११२ औं वीपी जयन्ती र १० औं संविधान दिवस संयुक्त रुपमा मनाएको छ । संविधान दिवसका दिन असोज ३ गते कुवेतको फर्वानियास्थित सेफ नौशाद सिङ्नेचर रेस्टुरेन्टको सभाकक्षमा संस्थाका सभापति केशर घलान

थप पढ्नुहोस्
संयुक्त राज्य अमेरिका

नेपाली जनसम्पर्क समिति अमेरिकाद्धारा संविधान रक्षा र राष्ट्रिय एकताका लागि आह्वान

न्युयोर्क(संयुक्त राज्य अमेरिका), ३ असोज । नेपालमा संविधानसभाबाट संविधान जारी भएको एक दशक पुगेको अवसरमा नेपाली जनसम्पर्क समिति अमेरिकाले संविधानको रक्षा र राष्ट्रिय एकताको आह्वान गर्दै एक कार्यक्रम सम्पन्न गरेको छ । नेपाली जनसम्पर्क समिति संयुक्त राज्य अमेरिकाका अध्यक्ष आनन्द

थप पढ्नुहोस्
दक्षिण कोरिया

जनसम्पर्क समिति दक्षिण कोरियाद्धारा पार्टी सभापति देउवा दम्पत्तिमाथि भएको सांघातिक आक्रमण र देशभरका विध्वंसात्मक गतिविधिको निन्दा ; घटनाको छानबिन गरी दोषी उपर कारवाही गर्न माग

सिउल(दक्षिण कोरिया), २९ भाद्र । नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले हालै नेपालमा  नयाँ पुस्ता जेन जीले सामाजिक प्लेटफर्ममार्फत अभिव्यक्तिको स्वतन्त्रता, भ्रष्टाचार उन्मूलन, सुशासन, नेपालको समृद्धि र विकासका लागि चलाएको आन्दोलनलाई भड्काएर देशमा मच्चाइएको विध्वंश र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र

थप पढ्नुहोस्
जर्मनी

जनसम्पर्क समिति जर्मनीद्धारा पार्टी सभापति देउवा दम्पतिमाथि भएको सांघातिक आक्रमण र देशभर भएको विध्वंसात्मक कुकृत्यको निन्दा, घटनाका दोषी उपर कारबाहीको माग

बर्लिन(जर्मनी), २७ भाद्र । नेपाली जनसम्पर्क समिति जर्मनीले यही भाद्र २३ गते अर्थात ७ सेप्टेम्बरका दिन राजधानीमा जेन जीले गरेको प्रदर्शनमा घुसपैठ गरी देशमा असामान्य अवस्था सिर्जना गरेर नेपालको संवैधानिक र लोकतान्त्रिक प्रक्रियालाई उल्टोबाटो मोड्ने दुस्प्रयास गरिएको प्रति ध्यानाकर्षण भएको

थप पढ्नुहोस्
इजरायल

जनसम्पर्क समिति इजरायलद्धारा पार्टी सभापति लगायत नेताहरुमाथिको आक्रमण र सरकारी तथा निजी सम्पत्तिमाथि भएको आगजनी र तोडफोडको विरोध

तेलअभिभ(इजरायल), २७ भाद्र । नेपाली जनसम्पर्क समिति इजरायलले एक विज्ञप्ति प्रकाशित गरी जेनजीका किशोर किशोरीले सुरु गरेको प्रदर्शनमा घुसपैठ गरेका प्रतिगामीहरु नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य एवम् परराष्ट्र मन्त्री डा. आरजू राणामाथि गरिएको सांघातिक हमला तथा सरकारी

थप पढ्नुहोस्
अष्ट्रेलिया

जनसम्पर्क समिति अष्ट्रेलियाद्धारा सभापति देउवा दम्पतिमाथि भएको आक्रमणको निन्दा, राष्ट्रपतिद्धारा संविधानको संरक्षण गर्दै सहमतिका आधारमा निकास दिने विश्वास

क्यानबेरा(अष्ट्रेलिया), २७ भाद्र । नेपाली जनसम्पर्क अष्ट्रेलियाले नेपाली नागरिकको प्रत्यक्ष सहभागितामा संविधानसभाबाट निर्मित वर्तमान संविधानका संरक्षक राष्ट्रपति रामचन्द्र पौडेलले संविधानबाटै राष्ट्रिय सहमतिको आधारमा राजनीतिक निकास दिनुहुने विश्वास गरेको छ । समितिका सभापति सुरेशरनसिंह गुरुड.ले आज एक विज्ञप्ति प्रकाशित गर्दै सो

थप पढ्नुहोस्
क्यानडा

जनसम्पर्क समिति क्यानडाद्धारा सभापति देउवा दम्पतिमाथि भएको आक्रमणको निन्दा; लोकतन्त्रमाथि हुने प्रहार विरुद्ध दृढतापूर्वक उभिन आह्वान

टोरन्टो(क्यानडा), २६ भाद्र । नेपाली जनसम्पर्क क्यानडाका सभापति बुद्धिप्रसाद ओलीले एक विज्ञप्ति जारी गर्दै जेनजीले गरेको प्रदर्शनलाई उत्तेजक बनाएर त्यसको आवरणमा नेपालको लोकतान्त्रिक व्यवस्थाविरुद्ध गर्न लागिएको षड्यन्त्रप्रति सबैलाई चनाखो बन्न आग्रह गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीले राजिनामा दिएपछि भएका अराजक,हिंसक

थप पढ्नुहोस्
जापान

जनसम्पर्क समिति जापानद्धारा पार्टी सभापतिसहित नेताहरुमाथि भएको आक्रमण र आन्दोलनकारीका नाममा भएका विध्वंसात्मक कार्यको निन्दा, संविधानको सम्मान गर्दै समाधान खोज्न राष्ट्रपतिलाई अपिल

टोकियो(जापान), २७ भाद्र । नेपाली जनसम्पर्क समिति जापानले संविधानको सम्मान गर्दै राजनीतिक निकास खोज्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अपिल गरेको छ । नेपाली जनसम्पर्क समिति जापानका सभापति लालबहादुर के.सी.(रोशन)द्धारा आज भाद्र २७ गते शुक्रवार तद्अनुसार १२ सेप्टेम्बर २०२५ मा एक विज्ञप्ति

थप पढ्नुहोस्
साउदी अरेबिया

जनसम्पर्क समिति साउदी अरबद्धारा पार्टी सभापति दम्पत्तिमाथि भएको शारीरिक आक्रमण, देशभरका आगजनी र तोडफोडको निन्दा ; संवैधानिक प्रक्रिया सुचारु गराउन सघाउन अन्तर्राष्ट्रिय समुदायसंग आग्रह

रियाद(साउदी अरब), २६ भाद्र । नेपाली जनसम्पर्क समिति साउदी अरबले जेनजी पुस्तालाई अगाडि सारेर नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धतिलाई असफल बनाउन खोजिएको आशंक गर्दै नेपालमा संवैधानिक प्रक्रिया सुचारु गराउन संयुक्त राष्ट्रसंघ र नेपालका हितैसी अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गरेको छ

थप पढ्नुहोस्
भारत

जनसम्पर्क समिति भारतद्धारा पार्टी सभापतिसहित नेपाली कांग्रेसका नेताहरुमाथि भएको आक्रमण, देशब्यापी आगजनी र तोडफोडको निन्दा, संवैधानिक प्रकृया सुचारु गर्न राष्ट्रपतिसंग आग्रह

नयाँदिल्ली(भारत), २६ भाद्र । नेपाली जनसम्पर्क समिति भारतले देशका देखा परेका राजनीतिक गतिरोधलाई संवैधानिक प्रकृया सुचारु गरेर समाधान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गरेको छ । नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले भाद्र २५ गते बुधबार तद्अनुसार १०

थप पढ्नुहोस्
Scroll to Top