नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति कुवेतद्वारा ११२औं वीपी जयन्ती एवम् संविधान दिवस कार्यक्रम आयोजना


कुवेत सिटी(कुवेत), ३ असोज । नेपाली जनसम्पर्क समिति कुवेतले ११२ औं वीपी जयन्ती र १० औं संविधान दिवस संयुक्त रुपमा मनाएको छ ।

संविधान दिवसका दिन असोज ३ गते कुवेतको फर्वानियास्थित सेफ नौशाद सिङ्नेचर रेस्टुरेन्टको सभाकक्षमा संस्थाका सभापति केशर घलान तामाङको सभापतित्वमा भएको कार्यक्रममा नेपालमा विकसित राजनीतिक अवस्थाको साथै वीपी कोइरालाले देशमा लोकतन्त्रको स्थापना, देशको आर्थिक तथा सामाजिक विकास र साहित्यमा दिनुभएको योगदानको चर्चा गरिएको थियो ।

कार्यक्रमका वक्ताहरुले नेपाली जनताले झण्डै ७ दशकको संघर्षपछि गठित संविधानसभाद्धारा बनाएको संविधानलाई जोगाउन र त्यसको मर्म अनुसार काम गर्न राजनीतिक दल, शासक र प्रशासकहरु गम्भीर हुनुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति कुवेतका संरक्षक, प्रमुख सल्लाहकार, वरिष्ठ सल्लाहकार साथै सल्लाहकारहरू, पदाधिकारी एवं कार्यकारिणी सदस्यहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसको संस्थापक नेता साथै नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले नेपालको लोकतान्त्रिक इतिहासमा पुर्याएको राजनीतिक एवं साहित्यिक योगदानको चर्चा गरिएको थियो।

कार्यक्रममा न्याय, समानता र स्वतन्त्रता एवं बहुलवादमा आधारित बहुदलीय संसदीय लोकतान्त्रिक व्यवस्था स्थापना गर्न पटकपटक भएका राजनीतिक एवं सामाजिक क्रान्ति संघर्ष र आन्दोलनमा आफ्नो प्राण उत्सर्ग गर्ने महान सपुतहरूप्रति श्रद्धा सुमन अर्पण गरिएको थियो।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top