नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति साउदीमा तरुण दल र मुस्लिम संघ गठन, सातै प्रदेशका उपसमिति गठन गरिंदै

रियाद(साउदी अरेबिया), ९ साउन । नेपाली जनसम्पर्क समिति साउदी अरेबियाले तरुण दल र मुस्लिम संघको गठन गरेको छ ।

नेपाली जनसम्पर्क समिति साउदी अरेबियाको सभापति अर्जुन थापाको अध्यक्षतामा आयोजित सो कार्यक्रमले सुदिप बुढाको सभापतित्वमा तरुण दलको साउदी समिति गठन गरेको हो । नेपाली जनसम्पर्क समितिका तर्फबाट भिम बिकलाई तरुण दल गठनको संयोजकको जिम्मेवारी तोकिएको थियो ।

सोहि कार्यक्रममा ईब्राहिम शर्माको सभापतित्वमा मुस्लिम संघको साउदी समिति गठन भएको छ । नेपाली जनसम्पर्क समितिका तर्फवाट रामचन्द्र रावतलाई संघ गठनको संयोजकको जिम्मेवारी तोकिएको थियो ।

सोही कार्यक्रममा सातै प्रदेशका ईकाई समितिहरु गठन गर्ने जिम्मेवारी खेमराज भट्टलाई प्रदान गरेको छ । पहिलो चरणमा साउन ९ गते शुक्रबार (२५ जुलाई) कै दिन नेपाली जनसम्पर्क समिति सुदुरपश्चिम एकाईको गठन भएको छ । एकाईको सभापति ईन्द्रबहादुर ऐरको चयन गरेको छ ।

उक्त कार्यक्रममा नेपाली कांग्रस नेपाली जनसम्पर्क समिति विभागका सदस्य पुरुषोत्तम खनाल, नेपाली कांग्रेस कोशी प्रदेश वैदेशिक रोजगार विभागका सदस्य कुमार कार्की, किसान संघ गण्डकी प्रदेशका सभापति पुष्पमणि भण्डारी, नेपाली जनसम्पर्क समितिका संस्थापक संरक्षक राजु सैयद, उपसभापति पदमप्रसाद पाण्डे, कोषाध्यक्ष अरुण वेलवासे, सदस्यहरु मोहन अधिकारी, पारस काफ्ले, गोपाल पंगेनी, अरुण केसी लगायत समिति र क्षेत्रीय समितिका पदाधिकारी तथा क्रियाशील सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाली कांग्रसका सदस्यहरु, शुभचिन्तक र शुभेच्छुकहरुलाई एकत्रित गरेर संगठन विस्तारमा नेपाली जनसम्पर्क समिति लागि परेको छ ।

राजेन्द्र कार्कीको सभापतित्वमा कार्यरत रियाद क्षेत्रीय समितिले आफ्ना गतिविधिहरुलाई तदारुकता साथ अघि बढाईरहेको छ ।


नेपाली जनसम्पर्क समितिको उक्त कार्यक्रमको पहिलो सत्र सहमहामन्त्री सुजनसेर राईले संचालन गर्नुभएको थियो भने दोश्रो चरणको कार्यक्रम क्षेत्रीय समितिका विकास पाण्डेले संचालन गर्नुभएको थियो ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top