नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

कार्यवाहक सभापति खड्काद्धारा तिहार र नेपाल सम्वत्को शुभकामना ; सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउन आग्रह

काठमाडौँ, ३ कार्तिक । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपालीको महान् चाड तिहार तथा नेपाल संवत्को नयाँ वर्ष ११४६ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति र प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले नेपाल विविध जाति, भाषा, धर्म, संस्कृति र चाडपर्व भएको मुलुक भएको उल्लेख गर्दै यस विविधताभित्रको सद्भाव र सहिष्णुताले राष्ट्रिय एकतालाई बलियो बनाएको बताउनुभएको छ। तिहार अर्थात् यमपञ्चकका हरेक दिनले पारिवारिक र मानवीय सम्बन्धहरूमा सौहार्द र आत्मीयता कायम गर्न सहयोग पुगेको उहाँको भनाइ छ।

नेपाल संवत् ११४६ को सन्दर्भमा उहाँले यो बागमती सभ्यताको उत्थानकालको इतिहास र संस्कृतिको जीवन्त धरोहर भएको बताए। समाज सुधारक शंखधर साख्वाद्वारा गरिबहरूको ऋणमोचनमार्फत गरिएको महान् परोपकारी कार्यको सम्झनामा नेपाल संवत् सुरु भएको र साख्वाको उदारता, समर्पण र योगदानको कदर गर्दै उहाँलाई राष्ट्रिय विभूति घोषणा गरिएको पनि खड्काले उल्लेख गर्नुभएको छ।

अन्धकारमाथि उज्यालोको विजयको प्रतीक तिहार र नेपाल संवत्को नयाँ दिनले पारस्परिक एकता र सद्भावलाई अगाडि बढाउन सकोस् भन्दै उहाँले सबैमा शुभकामना व्यक्त गर्नुभएको छ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top