नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

यो संविधानको रक्षा नभए मुलुक थप संकटमा पुग्छः विभाग प्रमुख पौडेल


बाग्लुड., ३ असोज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरणराज शर्मा पौडेलले संविधानसभाद्धारा निर्मित वर्तमान संविधानको रक्षा नगरे देश झन संकटमा जाने बताउनुभएको छ ।

संविधान दिवसको अवसरमा बागलुड.को सदरमुकाम बाग्लुड. बजारमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले वर्तमान संविधानको रक्षा, सफल कार्यान्वयन र संस्थागत सुदृढीकरणमा नेपाली कांग्रेसको भूमिका निर्णायक रहेको धारणा राख्नुभयो । उहाँले लोकतन्त्र र संविधानलाई बचाउन एक ढिक्का भएर अन्य दलसंग समेत सहकार्य गर्नुपर्ने बताउनुभयो । “संविधानले थुप्रै मुद्दालाई समावेश गरेको छ, दलित, आदिवासी र पिछडिएको वर्गलाई उत्थान गर्न थालेको छ”पौडेलले भन्नुभयो “कार्यान्वयनमा गएको संविधानको रक्षा नभए मुलुक थप संकटमा पुग्छ ।”

अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले संविधानको रक्षा गर्ने मुख्य जिम्मेवारी नेपाली कांग्रेसको भएको उल्लेख गर्नुभयो । उहाँले रुपान्तरणको मुद्दा लिएर नेपाली कांग्रेसलाई नवीन तरिकाबाट अगाडि लानुपर्ने खाँचो औल्याउनुभयो ।

नेपालमा संविधान जारी भएको एक दशक पुगेको अवसरमा नेपाली कांग्रेस बागलुङले ‘किन जोगाउने संविधान विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । स्वतन्त्र अभिव्यक्तिको माध्यम बनेको सामाजिक सञ्जालका सबै प्लेटफर्महरु खुलाउनु पर्ने र भ्रष्टाचाररहित सुशासन कायम हुनुपर्ने माग लिएको जेनजीको आन्दोलनका आडमा नेपालको लोकतान्त्रिक इतिहासमा नेपाली जनताको प्रत्यक्ष सहभागितामा जननिर्वाचित संविधानसभाबाट बनेको संविधानमाथि प्रहार भएपछि बागलुङ कांग्रेसले संविधान जोगाउने विषयमा अन्तरक्रिया गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेसकका केन्द्रीय सदस्य चम्पा खड्का, नेपाली कांग्रेस गण्डकी प्रदेश कोषाध्यक्ष बसन्त कुमार श्रेष्ठ, पूर्व जिल्ला सभापति मणिभद्र शर्मा कँडेल, पूर्व सांसद प्रकाश पौडेल, प्रदेश सांसदहरु दोर्ण कुँवर, डिल्लीराम सुवेदी, दिलमाया पौवी र महासमिति सदस्य जगदिशचन्द्र उपाध्यायले कांग्रेसमा रुपान्तरण आवश्यक रहेको बताउदै संविधानको रक्षामा कांग्रेस एक ढिक्का हुन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा विभिन्न तहका नेता तथा जनप्रतिनिधिहरूले संविधान र लोकतन्त्रबारे आफ्ना धारणा राख्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले लोकतन्त्रप्रति प्रतिबद्धता जनाउँदै संविधानलाई जनताको दस्तावेजको रूपमा व्यवहार गर्नुपर्नेमा जोड दिनुभएको थियो । संविधानलाई आत्मसात् गरेर यसको प्रभावकारी कार्यान्वयनमार्फत मात्र नागरिकको हकअधिकार सुनिश्चित हुने उहाँहरूको भनाइ थियो ।

कार्यक्रम नेपाली कांग्रेस बागलुङका सभापति जित शेरचनको अध्यक्षता, सहसचिव ज्ञानु श्रीस शर्माको स्वागत र सचिव हरिहर शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top