नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

पार्टी केन्द्रीय समितिको बैठकद्धारा नेता ऋषिकेश गौतमको निधनमा शोक प्रस्ताव पारित, अर्को बैठक कार्तिक १३ मा


सानेपा (ललितपुर), १ कार्तिक । नेपाली कांग्रेसको शनिवार बसेको केन्द्रीय कार्य समितिको बैठक नेपाल विद्यार्थी संघका संस्थापक सदस्य, पार्टीका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री तथा पूर्व सांसद ऋषिकेश गौतमको निधनप्रति शोक प्रस्ताव पारित गर्दै सकिएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बसेको बैठकले नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री, नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य एवं नेपाली कांग्रेस बाराका पूर्व सभापति ८४ वर्षीय ऋषिकेश गौतमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

नेपाली कांग्रेस बाराका पूर्व सभापति समेत रहनुभएका ८४ वर्षीय ऋषिकेश गौतमको असोज ३१ गते राति ९ः१५ बजे काठमाडौको पेप्सीकोला स्थित निजी निवासमा निधन भएको थियो ।

स्वर्गीय गौतम वि.सं. २०३६ देखि २०४८ सम्म बारा जिल्लाको सभापति, २०४८ र २०५६ मा बारा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित र नेपाली कांग्रेस संसदीय दलको पूर्व सचिव हुनुहुन्थ्यो ।

नेपालमा लोकतन्त्र स्थापना र पुनस्र्थापनाका आन्दोलनहरू र संघर्षका क्रममा उहाँले पटक–पटक जेल जीवन व्यतित गर्नु भएको थियो । स्वर्गीय गौतमले पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा उहाँको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको उल्लेख गरिएको छ । उक्त विज्ञप्तिमा जनाइए अनुसार नेता गौतमको आत्माको चिर शान्तिको कामना गर्दै आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले एक मिनेट मौन धारण गर्दै शोक सन्तप्त परिवारजन र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गरेको थियो ।

नेपाली कांग्रेसले उहाँप्रति उच्च सम्मान प्रकट गर्दै १३ दिनसम्मका लागि शोक कार्यक्रम निर्धारण गरेको छ । जस अनुसार २०८२ कार्तिक १, २ र ३ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने, कार्तिक २ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने,स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना
गर्ने कार्यक्रम तय गरिएको छ ।

नेपाली कांग्रेसको आज स्थगित भएको बैठक कार्तिक १३ गते पुनः पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ः०० बजे बस्ने छ ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top