नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

कांग्रेस केन्द्रीय पदाधिकारी बैठकमा नियमित अधिवेशनबारे छलफल; निर्वाचनका लागि सरकार गम्भीर नभए संसद् पुनःस्थापनाको विकल्प


सानेपा (ललितपुर), २३ असोजः आजदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार दिउँसो १ बजे पुनः बस्ने भएको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आजको बैठकमा पदाधिकारीहरुले धारणा राख्ने क्रम नसकिएकाले भोलि पुनः बस्ने गरी स्थगित भएको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी गराउनुभयो ।

“वर्तमान परिवेशमा भएको घटनाक्रमले खडा गरेको राजनीतिक चुनौती र पार्टीप्रतिको चुनौतीलाई जोगाउँदै देशलाई जोगाउने विषयमा छलफल जारी छ, पार्टीलाई विशेष परिवेशमा कसरी अगाडि बढाउने भनेर छलफल भइरहेको छ”, उहाँले भन्नुभयो, “पदाधिकारी बोल्ने क्रम भोलि पनि जारी रहनेछ, समयमा नियमित अधिवेशन हुनुपर्छ भन्ने कुरा आएको छ, मङ्सिरभित्रै सम्पूर्ण विधि प्रक्रिया पूरा गर्न सकिन्छ कि सकिंदैन भनेर छलफल भएको छ”, उहाँले भन्नुभयो ।

डा महतले गत भदौ २४ गतेको जेनजी आन्दोलनमा व्यक्तिका निजी सम्पत्ति, नेता तथा व्यवसायी, राष्ट्रिय सम्पत्तिमाथि आगजनी गर्नेलाई कारबाहीमा ल्याउनुपर्छ भन्ने कांग्रेसको धारणा बताउनुभयो । उहाँले अराजकतालाई कारबाही नगर्दा पुँजी पलायन हुने खतरा बढेको उल्लेख गर्दै अराजकतालाई प्रोत्साहन गर्ने गरी गृह मन्त्रालयले सार्वजनिक गरेको घटनाप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

“नेताहरुको घर जलाइएको छ, किसुनजीको आश्रम जलाइएको छ, लोकतान्त्रिक मूल्य–मान्यतालाई सिध्याउने षड्यन्त्र भइरहेको छ, यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, आन्दोलनमा गोली चलाउनेको पहिचान गरेर कारवाही हुनुपर्छ”, उहाँले भन्नुभयो ।

उहाँले निर्वाचनका लागि कांग्रेस जहिले तत्पर रहेको भन्दै विश्वसनीय निर्वाचनका लागि सरकार गम्भीर नभए संसद् पुनःस्थापनाको विकल्प हुन सक्ने धारणा राख्नुभयो ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top