काठमाडौं, २६ भाद्र । विश्वका ८३ देशका ९१ वटा राजनीतिक पार्टी सदस्य रहेको सोसलिष्ट इन्टरनेशनलले नेपालमा भईरहेका आन्तरिक राजनीतिमा गहिरो चासो व्यक्त गरेको छ ।
सोसलिष्ट इन्टरनेशनका अध्यक्ष पेद्रो साञ्चेज पेरेज कास्तेजनले २५ भाद्र तद्अनुसार १० सेप्टेम्बरमा एक बक्तव्य जारी गर्दै जेनजी पुस्ताबाट सुरु भएको आन्दोलनका क्रममा भएका विध्वंसात्मक गतिविधि र आफ्नो संगठनको सदस्य रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र देशको परराष्ट्रमन्त्री रहनुभएकी डा. आरजू राणा देउवासहित अन्य राजनीतिक व्यक्तित्वमाथि भएको शारीरिक आक्रमण र दूर्व्यबहारको पनि कडा निन्दा गर्नुभएको छ ।
बक्तव्यमा उहाँले नेपालमा हालैको प्रदर्शनका क्रममा जीवन गुमाएका २२ जनाको परिवार र घाइते भएका व्यक्तिहरुको परिवारको साथ आफूहरुको भावना रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले नेपाल अविलम्ब वार्ताका माध्यमबाट पुुनः लोकतान्त्रिक सुव्यवस्थामा फर्कनेमा विश्वास गर्दै यो सबै प्रक्रियामा आफूहरुको साथ सदस्य रहेको नेपाली कांंग्रेसले लिने कदमसंग हुने पनि बताउनुभएको छ ।।





