नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

प्रधानमन्त्री ओलीद्धारा पदबाट राजीनामा, राष्ट्रपति रामचन्द्र पौडेलद्धारा स्वीकृति

काठमाडौं, २४ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा पदबाट राजीनामा दिनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको राजिनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गर्नुभएको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राजीनामा स्वीकृत भएको जानकारी दिनुभएको छ ।

जेन्जीको आन्दोलन चर्केपछि ओलीले आज नै पदबाट राजीनामा दिनुभएको थियो ।

सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन मंगलबार कर्फ्यू लगाउदा पनि नरोकिएर उग्र बनेपछि प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य हुनुभएको हो ।

जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार सुरक्षार्थ खटिएका प्रहरीहरुले संयम राख्न नसक्दा एकैदिन १९ जना युवाहरूले ज्यान गुमाएका थिए ।

सडकमा समवयी साथीहरुको रगत पोखिएको र आफ्नो अगाडि जीवन लिला समाप्त भएको देखेका युवाहरु मंगलबार बिहानैदेखि सडकमा प्रदर्शन उत्रिए ।

सो क्रममा युवाहरूले शीर्ष नेताहरूका घर, पार्टी कार्यालय, सरकारी कार्यालय, संसद भवन र नेपालको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको गेटमा पनि आगजनी गरे ।

सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला शहरहरू र जिल्ला सदरमुकाममा प्रदर्शन भइरहेको छ ।

शीर्ष नेताका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन् ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top