नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

संसदीय सुनुवाइ समिति सभापतिमा कांग्रेसका सांसद खतिवडा निर्विरोध चयन


काठमाडौँ, २० भदौ : सङ्घीय संसद् संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसका नेता रामहरि खतिवडा निर्विरोध चयन हुनुभएको छ ।

समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराको अध्यक्षतामा आज बसेको समितिको बैठकमा उहाँलाई निर्विरोध चयन भएको घोषणा गरिएको हो । नवनिर्वाचित खतिवडा नेपाली कांग्रेसका सांसद हुनुहुन्छ ।

समितिका यसअघिका सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिनुभएपछि रिक्त सभापति पदमा खतिवडाको मात्र उम्मेदवारी परेको थियो । बैठकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसद खतिवडालाई सभापति निर्वाचित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई नेकपा (एमाले)का संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्ताैलाले समर्थन जनाउनुभएको थियो ।

नेपाल विद्यार्थी सङ्घबाट राजनीति सुरु गर्नुभएका सांसद खतिवडा हाल कांग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ । यसअघि पनि उहाँ ओखलढुङ्गाबाट प्रतिनिधिसभा सदस्य हुनुहुन्थ्यो ।

केही समयअघिसम्म उहाँ राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिकै जिम्मेवारीमा हुनुहुन्थ्यो । सवैधानिक व्यवस्थाअनुसार सभापतिको पदवहाली गर्नुअघि उहाँले आगामी सोमबार सभामुखसँग पद तथा गोपनियताको शपथ लिनुहुनेछ ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top