काठमाडौँ, १४ फागुनः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाशिवरात्रिको अवसरमा आफू र पार्टीका तर्फबाट स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
सभापति देउवाले पर्वहरूले नै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न सहयोग पुर्याएको उल्लेख गर्नुभएको छ ।
हिन्दू धर्मावलम्वीहरूले अतिश्रद्धाका साथ भगवान् शिवको आराधना गरेर मनाउने ‘महाशिवरात्रि’ अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले विभिन्न समुदायमा रहेका धार्मिक र सांस्कृतिक निधिहरूको संरक्षण र संवर्द्धन गर्न प्रेरणा दिने महाशिवरात्रिलगायत पर्वले सबै जातजाति, धर्म, वर्ग र पेसा अवलम्बन गर्ने नेपालीका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सघाएको बताउनुभएको छ ।





