म्याड्रिड(स्पेन), २५ भाद्र । नेपाली जनसम्पर्क समिति स्पेनले एक विज्ञप्ति प्रकाशित गर्दै नेपालका विभिन्न भागमा हालै भएका अनपेक्षित र हिंसात्मक घटनाहरूप्रति नेपाली जनसम्पर्क समिति, स्पेन गहिरो दुख व्यक्त गरेको छ।
समितिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालगायत शीर्ष नेताहरूमाथि भएको नियोजित आक्रमण, सरकारी तथा सार्वजनिक संरचनामा भएको तोडफोड, लुटपाट र आगजनीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
समितिले भनेको छ, “नेपाली कांग्रेसले नेपाललाई प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रसम्म ल्याउन अतुलनीय योगदान गरेको छ। राणा शासन, निरंकुश पञ्चायत, माओवादी द्वन्द्व र राजाको प्रत्यक्ष शासनजस्ता प्रत्येक कठिन परिस्थितिमा संगर्ष गरेको यस पार्टीका सभापति शेरबहादुर देउबा लोकतन्त्र र मानवअधिकारका लागि अग्रपंक्तिमा रही निरन्तर संघर्ष गर्नुभएको छ। उहाँको निवासमाथि भएको भौतिक आक्रमण अत्यन्त दुखद र निन्दनीय छ। नेपाली जनसम्पर्क समिति, स्पेन यस्ता घटनाको कडा शब्दमा भर्त्सना गर्दछ।”
समितिले जारी गरेको विज्ञप्तिमा हिंसाले कहिल्यै समस्याको समाधान नदिने उल्लेख गर्दै सरकारी तथा सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनीले दीर्घकालीन क्षति पुर्याएको र नेपालको विकास प्रक्रियालाई पछाडि धकेलेको बताइएको छ। जनसम्पर्क समिति स्पेनले यस्ता गतिविधिहरू तत्काल रोक्न र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि आमनागरिकलाई सचेत रहन पनि अनुरोध गरेको छ।
जनसम्पर्क समिति स्पेनले समस्याहरूको समाधान संवाद, सहमति र सहकार्यबाट मात्र सम्भव भएको उल्लेख गर्दै भनेको छ, “हालका हिंसात्मक गतिविधिहरूले हाम्रो समाजलाई कमजोर बनाउँदै अस्थिरता र असफलतातर्फ धकेलिरहेको छ , जसले मुलुकलाई थप संकटतर्फ लैजाने खतरा बढाएको छ।”
नेपाली जनसम्पर्क समिति स्पेनका कार्यबाहक सभापति शिव उपाध्यायले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ,”नेपाली कांग्रेसले सधैं लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार, सामाजिक न्याय, समानता र सुशासनको पक्षपोषण गर्दै आएको छ। हामी जनताको शान्तिपूर्ण आन्दोलन गर्ने अधिकारको सम्मान गर्दछौं, तर हिंसा रोक्न र संयम अपनाउन सबै पक्षलाई हार्दिक अनुरोध गर्दछौं। यस्ता गतिविधिहरूले देशलाई कस्तो अवस्थामा पुर्याउँछ भन्ने विषयमा गम्भीर मनन गर्न समेत आग्रह गर्दछौं।”
समितिले नेपालको राजनीतिक नेतृत्वलाई गम्भीर आत्मसमीक्षा गर्न, समस्या समाधानका लागि इमानदार पहल गर्न र शान्तिपूर्ण संवादको बाटो अवलम्बन गर्न जोडदार आग्रह पनि गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “यस कठिन परिस्थितिमा, नेपाली जनसम्पर्क समिति, स्पेन नेपालमा लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न, सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र युवा पुस्ताको भविष्य सुरक्षित गर्न सबै जिम्मेवार पक्षलाई जिम्मेवारीपूर्वक अघि बढ्न अपिल गर्दछ।”
जनसम्पर्क समिति स्पेनले हामी एकता, सहकार्य, सामाजिक न्याय र लोकतन्त्रको पक्षमा सधैं दृढतापूर्वक उभिनेछौं। नेपालमा हिंसात्मक गतिविधि तत्काल बन्द भई शान्तिपूर्ण समाधानको बाटो खुलोस् भन्ने कामना पनि गरेको छ ।
जनसम्पर्क समिति स्पेनले अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा शान्ति, स्थिरता र लोकतान्त्रिक मूल्य कायम राख्न सहकार्य र सहयोगका लागि अनुरोध पनि गरेको छ ।
प्रेस विज्ञप्तिको पूर्णपाठः
नेपाली जनसम्पर्क समिति स्पेन
प्रेस विज्ञप्ति
मिति: सेप्टेम्बर १०, २०२५
नेपालका विभिन्न भागमा हालै भएका अनपेक्षित र हिंसात्मक घटनाहरूप्रति नेपाली जनसम्पर्क समिति, स्पेन गहिरो दुख व्यक्त गर्दछ। विशेषगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालगायत शीर्ष नेताहरूमाथि भएको नियोजित आक्रमण, सरकारी तथा सार्वजनिक संरचनामा भएको तोडफोड, लुटपाट र आगजनीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
नेपाली कांग्रेसले नेपाललाई प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रसम्म ल्याउन अतुलनीय योगदान गरेको छ। राणा शासन, निरंकुश पञ्चायत, माओवादी द्वन्द्व र राजाको प्रत्यक्ष शासनजस्ता प्रत्येक कठिन परिस्थितिमा संगर्ष गरेको यस पार्टीका सभापति शेरबहादुर देउबा लोकतन्त्र र मानवअधिकारका लागि अग्रपंक्तिमा रही निरन्तर संघर्ष गर्नुभएको छ। उहाँको निवासमाथि भएको भौतिक आक्रमण अत्यन्त दुखद र निन्दनीय छ। नेपाली जनसम्पर्क समिति, स्पेन यस्ता घटनाको कडा शब्दमा भर्त्सना गर्दछ।
हिंसाले कहिल्यै समस्याको समाधान दिँदैन। सरकारी तथा सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनीले दीर्घकालीन क्षति पुर्याउँछ र नेपालको विकास प्रक्रियालाई पछाडि धकेल्छ। यस्ता गतिविधिहरू तत्काल रोक्न र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि आमनागरिकलाई सचेत रहन हामी विशेष अनुरोध गर्दछौं। समस्याहरूको समाधान संवाद, सहमति र सहकार्यबाट मात्र सम्भव छ। तर, हालका हिंसात्मक गतिविधिहरूले हाम्रो समाजलाई कमजोर बनाउँदै अस्थिरता र असफलतातर्फ धकेलिरहेको छ, जसले मुलुकलाई थप संकटतर्फ लैजाने खतरा बढाएको छ।
नेपाली कांग्रेसले सधैं लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता, नागरिक अधिकार, सामाजिक न्याय, समानता र सुशासनको पक्षपोषण गर्दै आएको छ। हामी जनताको शान्तिपूर्ण आन्दोलन गर्ने अधिकारको सम्मान गर्दछौं, तर हिंसा रोक्न र संयम अपनाउन सबै पक्षलाई हार्दिक अनुरोध गर्दछौं। यस्ता गतिविधिहरूले देशलाई कस्तो अवस्थामा पुर्याउँछ भन्ने विषयमा गम्भीर मनन गर्न समेत आग्रह गर्दछौं।
हामी नेपालको राजनीतिक नेतृत्वलाई गम्भीर आत्मसमीक्षा गर्न, समस्या समाधानका लागि इमानदार पहल गर्न र शान्तिपूर्ण संवादको बाटो अवलम्बन गर्न जोडदार आग्रह गर्दछौं।
यस कठिन परिस्थितिमा, नेपाली जनसम्पर्क समिति, स्पेन नेपालमा लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न, सुशासन कायम गर्न, भ्रष्टाचार अन्त्य गर्न र युवा पुस्ताको भविष्य सुरक्षित गर्न सबै जिम्मेवार पक्षलाई जिम्मेवारीपूर्वक अघि बढ्न अपिल गर्दछ।
हामी एकता, सहकार्य, सामाजिक न्याय र लोकतन्त्रको पक्षमा सधैं दृढतापूर्वक उभिनेछौं। नेपालमा हिंसात्मक गतिविधि तत्काल बन्द भई शान्तिपूर्ण समाधानको बाटो खुलोस् भन्ने हाम्रो हार्दिक कामना छ।
अन्त्यमा, हामी अन्तर्राष्ट्रिय समुदायलाई नेपालमा शान्ति, स्थिरता र लोकतान्त्रिक मूल्य कायम राख्न सहकार्य र सहयोगका लागि हार्दिक अनुरोध गर्दछौं।
जय नेपाल!
शिब उपाध्याय
का.वा. सभापति
नेपाली जनसम्पर्क समिति, स्पेन




