नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

विभागको बैठकद्धारा पार्टी सभापति देउवा र केन्द्रीय सदस्य डा. आरजुको स्वास्थ्यलाभको कामना ;सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोडको निन्दा ; संसद विघटनको विरोध

सानेपा (ललितपुर), २९ भाद्र । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागको बैठक विभागका प्रमुख एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलको अध्यक्षतामा आइतवार सानेपास्थित पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन परिसरमा बस्यो ।


बैठकले यही भाद्र २५ गते आफ्नै निवासमा बसिरहेको अवस्थामा आन्दोलनकारीको नाममा आएको एक अराजक जत्थाको सांघातिक आक्रमणमा पर्नुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य एवम् तात्कालीन परराष्ट्र मन्त्री डा.आरजु देउवाको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बैठकले नेपाली कांग्रेसका सभापति दम्पत्तिमाथि भएको शारीरिक आक्रमण र दुव्र्यबहारको घोर निन्दा एवम् भत्र्सना पनि गरेको छ ।

जनसम्पर्क समिति समन्वय विभागको बैठकले त्यस दिन सभापति देउवासहित, राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको सुर्खेतस्थित निवास,महामन्त्री द्धय गगनकुमार थापा र विश्वप्रकाश थापा, तात्कालीन उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवास, नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय र विभिन्न जिल्ला कार्यालयका साथै पार्टी केन्द्रीय सदस्यहरु,पूर्वमन्त्री तथा सांसदहरुका निवास र देशको कार्यपालिकाको प्रमुख प्रशासकीय भवन सिंहदरबार, न्यायालयको धरोधर सर्वोच्च अदालत, व्यवस्थापिकाको मुख्य भवन संघीय संसद भवन, मन्त्रीहरुको सरकारी निवास, प्रदेशसभा भवनहरु, प्रदेशका मन्त्रालयहरु, विशेष अदालत, जिल्ला अदालत, आख्यिार दुरुपयोग अनुसन्धान आयोग, विभिन्न जिल्लाका सरकारी कार्यालयहरु, विभिन्न पालिका र वडाका कार्यालय भवन, प्रहरी चौकीहरुसहित सरकारी कार्यालय भवन र निजी क्षेत्रका उद्योग तथा व्यापारिक प्रतिष्ठानहरुमा गरिएको आगजनी र तोडफोडका घट्नाको निन्दा गरेको छ ।


बैठकले १०४ बर्ष देशमा जरा गाडेको निरंकुश अधिनायकवादी राणा शासनलाई हटाउने, राजाको प्रत्यक्ष नेतृत्वमा चलाइएको ३० बर्षे निर्दलीय पञ्चायत र निरंकुशताको अवशेषको रुपमा रहेको राजतन्त्रको जरो उखेल्नुका साथै एक दशकसम्म हिंसात्मक आन्तरिक द्धन्द्ध चर्काएको माओवादीलाई शान्तिपूर्ण उपायद्धारा बहुदलीय संसदीय राजनीतिको मूलधारमा ल्याउने तागत बोकेको नेपाली कांग्रेसले कलिला किशोरकिशोरीको आन्दोलनको आवरणमा नियोजित रुपमा गरिएको प्रहारलाई निस्तेज पार्दै देश र नागरिकलाई सदा झै लोकतन्त्रको आलोकयुक्त वातावरणमा फर्काउने विश्वास पनि गरेको छ । बैठकले “हामी फेरी जुट्ने छौ, एकजुट भई उठ्ने छौ, खरानीबाटै उठेर देशलाई समुन्नतिमा पुर्याउने छौ” भन्ने संकल्प पनि गरेको छ ।


बैठकले नेपाली कांग्रेससहितका संविधानका पक्षधर राजनीतिक दलहरुले आन्दोलनकारी जेन जी पुस्ताका मागहरु वर्तमान संविधानको दायरामा रही अधिवेशन चालु रहेको संघीय संसदका माध्यमबाट पूरा गर्न सकिने उपाय प्रस्तुत गर्दागर्दै पनि संविधानबाहिरबाट प्रधानमन्त्री नियुक्त गरिएको र नवनियुक्त प्रधानमन्त्रीबाट पदबहाली समेत नहुँदै संघीय संसदको प्रतिनिधि सभा विघटनको सिफारिस गरेर प्रतिनिधि सभा विघटन गराइएको कदमलाई असंवैधानिक ठहर गरेको छ ।

बैठकले आधुनिक पुस्ताको अभिव्यक्तिको माध्यम बनेको सामाजिक सञ्जालमाथि सरकारले लगाएको बन्देज खोल्ने र भ्रष्टाचार रोक्ने माग गर्दै जेनजी पुस्ताले २०८२ भाद्र २३ गते गरेको प्रदर्शनमा धैर्य र संयमता गुमाएर प्रहरीबाट गरिएको अन्धाधुन्द गोली प्रहारबाट जीवन गुमाएका किशोरकिशोरीाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । सो प्रदर्शनका क्रममा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।


समितिले देशमा अप्रत्यासित रुपमा उत्पन्न भएको यस संकटको घडीमा लोकतन्त्र र संविधानको पक्षमा अविचलित भएर बस्न र समाजमा शान्ति र अमनचयन कायम गराउने कार्यमा सक्रिय रहन र आफ्नो जिम्मेवारीका क्षेत्र एवम् स्थानीय तहबाट प्रवाह गरिने सेवाहरु प्रभावकारी रुपमा आम नागरिकलाई प्रदान गर्न गराउन सहयोग गर्न पार्टीका सवै तहका नेता तथा कार्यकर्ताहरुमा अपिल पनि गरेको छ । विभागको बैठकले विदेशस्थित सबै जनसम्पर्क समितिहरुलाई सदा झै लोकतन्त्र र संविधानको पक्षमा निरन्तर आवाज उठाउन र संबन्धित मुुुलुकहरु, संयुक्त राष्ट्र संघ,युरोपियन युनियन र अन्य क्षेत्रीय संगठनहरुमा नेपाली कांग्रेसले लिएका अडानहरुको पक्षमा मत तयार पार्ने अग्रसरता लिन पनि अनुरोध गरेको छ ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top