नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली कांग्रेसद्धारा पार्टी सभापति देउवालगायत नेतामाथि भएको भौतिक आक्रमणको निन्दा

काठमाडौं, २५ भदौ : नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवालगायत अन्य नेताहरूमाथि भएको साङ्घातिक आक्रमणको घोर निन्दा तथा भत्सर्ना गरेको छ ।

पार्टी प्रवक्ता डा प्रकाशशरण महतले आज प्रेस विज्ञप्ति जारी गरी नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा हुन नपर्ने दुःखद् घटना भएको उल्लेख गर्दै दुःख व्यक्त गर्नुभएको छ ।

“धेरै युवा र केहि सुरक्षाकर्मिहरूले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था हामी सबैकालागि अत्यन्त दुखदायी छ, मृतकहरूमा श्रद्धाञ्जली अर्पण गर्दछु,” विज्ञप्तिमा उल्लेख छ । घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दै उहाँले विरोध प्रदर्शन क्रममा भएको धनजनको ठूलो क्षतिप्रति गम्भीर चिन्ता प्रकट गर्नुभएको छ ।

कांग्रेसले लोकतन्त्र र संविधानप्रती प्रतिबद्ध अन्य दलहरूसँग तत्काल संवाद गर्न आवश्यक रहेको जनाएको छ । शान्ति, सुरक्षा, संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपतिको अगुवाईमा हुने संवाद र पहलमा कांग्रेसले सक्रिय पहल गर्न आवश्यक रहेको जनाएको छ ।

मङगलबार देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको उल्लेख गर्दै पार्टीले देश, जनता र लोकतन्त्र प्रती प्रतिबद्ध नवयुवाहरूले अवश्य पनि यस्तो नचाहेका जनाएको छ ।

“कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाजस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ । म लगायत धेरैको घर निजी सम्पति, उधोगव्यावसाय, सञ्चारगृह लगायतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद् र निन्दनीय छ,” उहाँले उल्लेख गर्नुभएको छ ।

यसले लगानिको वातावरणलाई पनि बिगारेको र क्षतिपूर्ती गर्न वर्षौ र ठूलो लगानी लाग्ने कांग्रेसको भनाइ छ । देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा रहेको उल्लेख गर्दै प्रवक्ता डा महतले राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा अमनचयन कायम हुन जरुरी रहेको उल्लेख गर्नुभएको छ ।

कानुनी शासनको विकल्प र लोकतन्त्रको विकल्प नभएको उल्लेख गर्दै उहाँले यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य रहेको जनाउनुभएको छ । लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणका लागि सबै फेरि सक्रिय हुन आवश्यक रहेको उल्लेख गर्दै उहाँले कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दाे शक्ति हो भन्ने कुनै दुविधा नरहेको स्पष्ट पार्नुभएको छ ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top