सानेपा (ललितपुर), ९ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश समन्वय विभागमा सदस्यहरू मनोनीत गर्नुभएको छ ।
सभापति देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९)बमोजिम पार्टीका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली प्रमुख रहेको नेपाली कांग्रेस प्रदेश समन्वय विभागको सदस्यहरु मनोनीत गर्नुभएको हो ।
मनोनयन हुने सदस्यहरूमा कृष्णबहादुर के.सी. (कास्की), सुमित्रा खनाल (नवलपुर), विजय भुसाल (चितवन), राधेश्याम पाठक (नवलपरासी), ब्रह्मप्रकाश रौनियार (सुनसरी), मेघनाथ यादव (धनुषा), झनकराज तिमिल्सिना (कैलाली), भीमबहादुर शाही, (कालिकोट), जीतबहादुर लामा (काभ्रेपलाञ्चोक) र सन्तोष कोइराला परियार (नवलपुर) रहनुभएको छ ।





