नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

विभाग प्रमुख पौडेलको प्रमुख आतिथ्यमा अमेरिकाको बाल्टिमोरमा मेलमिलाप दिवस कार्यक्रम सम्पन्न


बाल्टिमोर(मेरिल्याण्ड, संयुक्त राज्य अमेरिका ), २२ पौष । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलले पार्टीको आगामी बैठकले सबै जनसम्पर्क समितिहरुको निर्वाचनको मिति तय गर्ने जानकारी दिनुभएको छ ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको निमन्त्रणामा अमेरिकामा आयोजना हुने विभिन्न कार्यक्रममा सरिक हुन  आउनु भएका केन्द्रीय सदस्य एवम् जनसम्पर्क समिति समन्वय विभाग प्रमुख पौडेलले जनसम्पर्क समिति मेरिल्याण्ड च्याप्टर, बाल्टिमोरद्धारा राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा सो जानकारी दिनुभएको हो ।

उहाँले धेरै जनसम्पर्क समितिहरुको निर्वाचन समयमा हुन नसकेको हुनाले पार्टीले सबैको बाटो फुक्ने गरी निर्णय लिने पनि बताउनुभयो । “पछिल्लो १० बर्षदेखि जनसम्पर्क समिति अमेरिकाको निर्वाचन हुन सकेको छैन । यस्तो समस्या अन्य देशमा पनि विद्यमान छ ।”, उहाँले भन्नुभयो, “अब सबै जनसम्पर्क समितिहरुको निर्वाचन साथसाथै हुने छ ।”

उहाँले नेपाली कांग्रेस अहिले पार्टी संगठन क्रियाशील र मजबूत बनाउने कार्यमा लागेको उल्लेख गर्नुभयो । पार्टीले संगठन क्रियाशील बनाउन १०० दिने विशेष अभियान जारी राखेको र विभिन्न भातृ तथा शुभेच्छुक संस्थाहरुको महाधिवेशन गर्न समितिहरु बनेको जानकारी पनि दिनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य एवम् जनसम्पर्क समिति समन्वय विभागका प्रमुख पौडेलले नेपालमा समय सुहाउँदो, गुणस्तीय र रोजगारमूलक शिक्षाको कमी भएकोले शिक्षाका लागि ठूलो जनशक्ति विदेशिनु परेको यथार्थ उल्लेख गर्दै अमेरिका जस्तो देशमा शिक्षा लिनुभएका, विभिन्न क्षेत्रमा व्यवसायिक सीप हासिल गर्नुभएका र मनग्य धनार्जन गर्नुभएका साथीहरुले जन्मभूमिका लागि योगदान गर्नुपर्ने खाँचो औल्याउनुभयो ।


नेपाली जनसम्पर्क समिति मेरिल्याण्ड च्याप्टरका सभापति राजेन्द्र सेञ्चुरीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य जगदीश शर्मा(बाग्लुड.), नेपाल महिला संघ बाग्लुड.की सभापति तथा महासमिति सदस्य शकुन्तला शर्मा उपाध्याय, नेपाल महिला संघ पर्वतकी सभापति तथा महासमिति सदस्य मुना शर्मा लामिछाने, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का डा. अर्जुन बन्जाडे लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन मेरिल्याण्ड च्याप्टरका महासचिव नेत्र के.सी.ले गर्नुभएको थियो ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top