नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

मधेश प्रदेशमा नेपाली कांग्रेसको प्रशिक्षक प्रशिक्षण कार्यक्रम, पार्टीको नेतृत्वमा भएका काम जनतामाझ पुर्याउन उपसभापति खड्काको आग्रह


वीरगञ्ज (पर्सा), १३ असारः नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसले गरेका काम जनतामाझ पु¥याउन चुकेको बताउनुभएको छ ।

नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज यहाँ आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उपसभापति खड्काले नेपाली कांग्रेस नेतृत्वमा मुलुकमा भएका काम र योगदानलाई जनतामाझ पु¥याउन नसकिएको बताउनुभएको हो ।

“नेपाली कांग्रेस नेतृत्वमा मुलुकमा ठूला–ठूला महत्वपूर्ण काम भएका छन् । तर, हामीले गरेका कामहरुलाई जनतामाझ पु¥याउन भने सकिरहेका छैनौँ । त्यसमा हामीबाट कहीँकतै चुक भइरहेको छ,” उहाँले भन्नुभयो, “हामीले प्राप्त गरेका उपलब्धि र योगदानलाई पनि जनताको बीचमा पु¥याउन सकिरहेका छैनौँ । पार्टीले सञ्चालन गरेका विभिन्न अभियान पनि मतदाता माझ पुग्न सकिरहेको छैन । यस्तो परिरिस्थतिमा तपाईंहरु प्रशिक्षकहरुले सो पु¥याउन मद्दत पु¥याउनुहुनेछ भन्ने आशा र अपेक्षा राखेको छु ।”

उपसभापति खड्काले नेपाली कांग्रेसको अगुवाइमा देशका विभिन्न स्थानमा स्थापना भएका विश्वविद्यालय, भौतिक पूर्वाधार, सिँचाइलगायतका क्षेत्रमा गरेका विकासका कामलाई पनि जनतामाझ पु¥याउन नसकेको गुनासो व्यक्त गर्नुभयो । “मुलुकमा भएका भौतिक पूर्वाधार विकासमा नेपाली कांग्रेसको भूमिका अहम् छ”, उहाँले भन्नुभयो, “हामीले गरेका कामलाई जनतामाझ पु¥याउनका लागि सबैले हातेमालो गरेर अघि बढ्न जरुरी छ ।” उपसभापति खड्काले सङ्घीयता र समावेशिताका मुद्दा पनि सबैतीर पु¥याउन नसकेको स्वीकार गर्नुभयो ।

उपसभापति खड्काले कांग्रेसले विकास निर्माणको क्षेत्रमा होस् शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा धेरै ठूला–ठूला नीतिगत परिवर्तन ल्याएको पनि दावी गर्नुभयो ।

नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले असार १३ र १४ गते मधेश प्रदेशका आठवटै जिल्लाका प्रशिक्षकहरुलाई प्रशिक्षण दिने कार्यक्रम तय गरिएको छ ।

–––

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top