नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Thursday, December 4th

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

प्रजातन्त्र स्थापनामा योगदान गर्ने व्यक्तिको देशव्यापी प्रचार गर्नुपर्छ: सभापति देउवा


भक्तपुर, २५ जेठः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि योगदान पुर्‍याउने व्यक्तिहरुको योगदानलाई देशव्यापी रुपमा प्रचार गर्नुपर्ने बताउनुभएको छ ।

आइतवार भक्तपुरमा सहिद राधेश्याम जोन्छे स्मृति प्रतिष्ठानले आयोजना गरेको जोन्छेको १३औँ स्मृतिसभा एवं प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन तथा जोन्छेको शालिक अनावरण गर्दै उहाँले जोन्छेले प्रजातन्त्र प्राप्तिका लागि ठूलो योगदान दिएको चर्चा गर्नुभयो ।

सभापति देउवाले प्रजातन्त्र स्थापनामा योगदान दिने जोन्छेलगायतका व्यक्तिको जीवनीबारे थप विषय खोज्दै पुस्तक प्रकाशित गरी प्रचारप्रचार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “जोन्छे लोकप्रिय नेता हुनुहुन्थ्यो, देशमा प्रजातन्त्र ल्याउने अग्रसर लडाकु पनि हुनुहुन्थ्यो, उहाँ लोकप्रिय भएकै कारण माओवादीले गोली हान्यो ।”

कार्यक्रममा पूर्वमन्त्री विमलेन्द्र निधिले अहिले संसद् चल्न दिने कि नदिने भन्ने निर्णय माओवादी केन्द्रको हातमा रहेको बताउनुभएको छ । संसद् अवरुद्ध गर्ने समय अहिले नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अहिले संसद् अवरुद्ध छ, भिजिट भिसा प्रकरणमा छानबिन हुँदैछ ।”

त्यस अवसरमा जोन्छेको स्मृतिमा प्रतिष्ठान भवन निर्माण गर्न सहयोग गर्ने सूर्यविनायक नगरपालिका र नगरप्रमुख वासुदेव थापासहित विभिन्न व्यक्तिलाई सम्मान तथा विभिन्न विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरिएको थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधिसभा सांसद दुर्लभ थापाले जोन्छेको योगदानलाई पार्टीले भुल्न नहुने चर्चा गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष एवं जोन्छेकी श्रीमती रजनी जोन्छे, प्रतिष्ठानका उपाध्यक्ष बाबुराजा जोशीलगायतले भवन निर्माणमा रु एक करोड १० लाख खर्च भएको, सूर्यविनायक नगरपालिकाले पटक–पटक गरी रु ४० लाख सहयोग गरेको, विभिन्न मन्त्रालयबाट रकम प्राप्त भएको र दाताहरुले समेत सहयोग गरेको बताउनुभयो ।

पार्टीलाई बलियो बनाउन आग्रह

सभापति देउवा आइतवार नै नेपाली कांग्रेस भक्तपुरक्षेत्र २ ले पार्टी आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्नुभयो ।


सूर्यविनायकस्थित नेपाली कांग्रेस भक्तपुर क्षेत्र २ को कार्यालयमा कार्यकर्ताहरुसँग अन्तरक्रिया गर्दै सभापति देउवाले देउवाले कांग्रेसलाई बलियो बनाउन आग्रह गर्नुभएको छ । उहाँले कांग्रेस बलियो भए मात्रै प्रजातन्त्र बलियो हुने बताउनुभयो । उहाँले भन्नुभयो, “पार्टीका सदस्यहरुलाई समर्पण र एकताको भावनालाई मजबुत बनाएर अगाडि बढ्नूस् । कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुन्छ । त्यसका लागि लाग्नूस् ।”

कार्यक्रममा नेता बिमलेन्द्र निधि, भक्तपुर कांग्रेस सभापति दुर्लभ थापा, नेपाली कांग्रेस भक्तपुर क्षेत्र २ का सभापति भेषबहादुर कार्कीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

–––

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top