नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

पार्टी नेतृत्वलाई बदनाम गराउन सामाजिक सञ्जालमा भ्रामक दृश्यसहितका भिडिओ र तस्विर फिजाइयोः सचिवालय


काठमाडौं, ३ असोज । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले पार्टी नेतृत्वलाई बद्नाम गर्न विभिन्न स्वार्थ समूहहरुले सामाजिक सञ्जालमार्फत नियोजित प्रयास गरिरहेको जनाएको छ ।

सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले एक विज्ञप्ति प्रकाशित गर्दै यसको जानकारी दिनुभएको हो । उहाँले देउवा निवासमा अत्यधिक पैसा भेटिएको, जलेका नोटका अंशहरु निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरुंग रहेको भन्ने कपोलकल्पित टिप्पणीसहित सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडिओ र फोटोहरु सबै नक्कली भएको बताउनुभएको छ ।

उहाँले जेन–जीको आन्दोलनलाई धमिलो बनाई आ–आफ्नो कुत्सित मनसाय पूरा गर्ने विभिन्न समूहहरूले २४ गते बिहानैदेखि अकल्पनीय ढंगको आतङ्क सिर्जना गर्ने, राजनैतिक दलको कार्यालय र नेताहरूको निजी निवास आक्रमण गर्ने जस्ता अपराधिक क्रियाकलापको भत्र्सना गर्नुभएको छ ।

उहाँले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, भदौ २४ गते डकैतीको शैलीमा नेपाली कांग्रेसका सभापतिको निवासमा प्रवेश गरेर सभापति देउवा, उहाँकी धर्मपत्नी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा लगायत माथि सांघातिक आक्रमण भएको हो ।

विज्ञप्तिमा भनिएको छ, “त्यस्तो जघन्य अपराधिक घटना पछि पनि पार्टी र पार्टी नेतृत्वलाई वदनाम गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालहरूमा “देउवा निवासमा अत्याधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा जताततै भेटिएको, पैसाको सुरूङ्ग रहेको” जस्ता कपोकल्पित समाचार सम्प्रेषण भईरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सामाजिक सञ्जालमा देखाईएका दृष्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामकका साथै दुसित मनासयले बदनाम गर्ने उदेश्यले फैलाइएका भ्रामक समाचार हुन् । यस्ता बदनाम गराउने उदेश्यले विषेश गरी सामाजिक संजालहरूमा फैलाइएका हल्लामा कुनै सत्यता नभएको स्पष्ट पार्दछु ।”

उहाँले विभिन्न सामाजिक सञ्जालमा घरभित्र रहेको अण्डर ग्राउण्ड ट्याङ्कीलाई विभिन्न अनुमान गरेर प्रचार प्रसार गरेको देखिएकाले उक्त पानी ट्याङकी रहेको स्पष्ट पार्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “जनमानसमा अपमानित गर्ने मनासयले प्रविधिको गलत प्रयोगबाट विभिन्न ठाउँमा विभिन्न समयका जलेका नोटका दृष्यहरू जोडेर सम्पादित फोटो र भिडियोहरू यूट्यूव तथा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको पाइएको छ, यसमा कुनै सत्यता नभएको स्पष्ट पार्न चाहान्छौं ।”

पार्टी सभापति देउवाको सचिवालयले यस्ता बदनाम गर्ने नियतले फैलाइएको भ्रामक सूचनाको पछि नलाग्न नेपाली बुबाआमा, दाजुभाइ, दिदीबहिनी तथा पार्टीका सम्पूर्ण नेता एवं सदस्यहरू लगायत सम्वन्धित सबैसँग हार्दिक अनुरोध पनि गरेको छ ।

स्वकीय सचिव भानु देउवाले गत भाद्र २३ र २४ गते नेपालका जेन–जी पुस्ताले आव्हान गरेको शान्तिपूर्ण प्रदर्शनक्रममा ज्यान गुमाएका सबैप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण नेपाली आमाका महान सपुतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको पनि जानकारी दिनुभएको छ ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top