काठमाडौं, २६ कार्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ असोज २८ मा प्रारम्भ भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्यो ।
कार्यसमितिको बैठक २०८२ कार्तिक २७ गते बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा पुनः बस्नेछ ।
आजको बैठकमा सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्यहरू— विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, बलबहादुर के.सी., डा. नारायण खड्का, रमेश लेखक, कल्पना चौधरी, जीतजंग बस्नेत, सुजाता परियार र श्यामकुमार घिमिरेले आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।
नेपाली कांग्रेसको हिजो बसेको केन्द्रीय समितिको बैठकमा सहमहामन्त्रीद्वय— बद्रीप्रसाद पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू— ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, दिपक गिरी, अम्बिका बस्नेत, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, रामजनम चौधरी, राजीवबिक्रम शाह, प्रकाश रसाइली स्नेही, भीम पराजुली र गोमाकुमारी भट्टराईले आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।




