सानेपा(ललितपुर), २१ कार्तिक । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ असोज २८ मा प्रारम्भ भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्यो ।
कार्यसमितिको बैठक २०८२ कात्र्तिक २३ गते बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी।पी। नगर, ललितपुरमा पुनः बस्नेछ ।
आजको बैठकमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू गोविन्द भट्टराई, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, सरिता प्रसाई, योगेन्द्र चौधरी, किरणराज शर्मा पौडेल, मधु आचार्य, दिनेशकुमार यादव, उमेशजंग रायमाझी, राजीव ढुंगाना, अर्जुनजंगबहादुर सिंह, प्रतिमा गौतम, सुशिला मिश्र भट्ट, नानु बास्तोला, गंगालक्ष्मी अवाल, गणेश लामा, डा. जीवन राना र सीता थपलिया (उर्मिला) ले आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।



