नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

पार्टीप्रति प्रतिबद्ध सबैलाई बिना भेदभाव सदस्यता वितरण गर्न जनसम्पर्क समितिहरुलाई समन्वय विभागको निर्देशन


सानेपा (ललितपुर), १८ भाद्र । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले विदेशस्थित सबै नेपाली जनसम्पर्क समितिहरुलाई नेपाली कांग्रेसप्रति प्रतिबद्ध र योग्य सबैलाई बिनाभेदभाव पार्टीको क्रियाशील सदस्य र जनसम्पर्क सदस्यता नवीकरण तथा वितरण गर्न निर्देशन दिने निर्णय गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिका सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको विभागको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख पौडेलले केही देशहरुमा क्रियाशील र जनसम्पर्क सदस्यता वितरण न्यायोचित नभएको गुनासो आएकोले यस्तो निर्देशन गर्नुपर्ने अवस्था आएको बताउनुभएको थियो । उहाँले नेपाली कांग्रेसको २०८२ आषाढ १६ देखि २३ गतेसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकले नेपाली कांग्रेसको विधान र नियमावली अनुसार पदावधि समाप्त भएका विदेशस्थित सबै नेपाली जनसम्पर्क समितिहरूलाई २०८२ पौष मसान्तभित्र अधिवेशन सम्पन्न गर्न निर्देशन गरेको स्मरण गराउनुभएको थियो । उहाँले केन्द्रीय समितिको निर्णयपश्चात् साउन महिनामा कार्यसमितिको बैठक बसी कार्यतालिका तय गरी २०८२ साल आश्विन महिनाभित्र नेपाली कांग्रेसको क्रियाशील सदस्य र जनसम्पर्क समितिको सदस्य नवीकरण र नयाँ सदस्यता वितरण गरी नामावली केन्द्रीय कार्यालयमा पठाई विभागसंग समन्वय गरी अधिवेशनको मिति तय गर्न सबै जनसम्पर्क समितिहरूलाई केन्द्रीय कार्यालयबाट परिपत्र समेत भैसकेको जानकारी गराउनुभएको थियो ।

उहाँले केन्द्रीय कार्यालयको परिपत्र पश्चात् विभागको समन्वयमा विदेशस्थित जनसम्पर्क समितिहरुलाई क्रियाशील र जनसम्पर्क सदस्यता पठाइएको तर केही देशमा सदस्यता वितरणमा गुनासो आएकोले पार्टीका महामन्त्रीको संयोजकत्वमा रहेको पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिले यस्तो निर्णय गरेको पनि उल्लेख गर्नुभएको थियो । क्रियाशील सदस्यता व्यवस्थापन समितिले नेपाली जनसम्पर्क समितिका अध्यक्ष एवम् पदाधिकारीले पूर्वाग्रह राखेर कसैलाई सदस्यताबाट बञ्चित गर्न खोजेमा पार्टीप्रति प्रतिबद्ध,कर्मठ,इमान्दार र अनुशासित कार्यकर्ताहरुको भावनालाई कदर गर्दै उनीहरुलाई पार्टीमा समाहित गरी संगठनलाई व्यापक र सबल तुल्याउन वैकल्पिक माध्यमबाट सदस्यता दिन सकिने पनि निर्णय गरेको छ । यसलाई स्पष्ट पार्दै विभाग प्रमुख पौडेलले भन्नुभएको छ, ” संबन्धित देशमा पार्टीको क्रियाशील र जनसम्पर्क सदस्यता वितरण गर्ने अधिकार जनसम्पर्क समितिका अध्यक्ष तथा कार्य समितिलाई छ । तर उहाँहरु निश्पक्ष हुन सक्नुभएन, आग्रह-पूर्वाग्रहमा अल्झिनुभयो र पार्टीका लागि काम गरिरहेका कर्मठ, लगनशील, इमान्दार र अनुशासित कार्यकर्ताहरु सदस्यताबाट बञ्चित हुनुपर्ने अवस्था आयो भने त्यतिबेला विभागले हस्तक्षेप गर्छ । वैकल्पिक माध्यमबाट सदस्यता वितरण गरिन्छ । यसका लागि गुगल ड्राइभबाट अनलाईन सदस्यता फर्म भर्नमिल्ने व्यवस्था गरिन्छ र आवश्यक प्रक्रिया पूरा गरेर सदस्यता स्वीकृत गरिन्छ ।”

बैठकले सबै जनसम्पर्क समितिहरुलाई नेपाली कांग्रेसको विधान र नियमावली अनुरुप काम गर्न पनि निर्देशन दिएको छ ।

समितिको आजको बैठकमा समितिका सदस्य ऋषि शर्माले जनसम्पर्क समितिहरुको विधानमा एकरुपता कायम गर्ने सम्बन्धमा भएको अध्ययनको प्रगति सुनाउनुभएको थियो । जनसम्पर्क समितिहरुको सांगठानिक संरचनामा एकरुपता ल्याउनका लागि विभागले उहाँलाई अध्ययन गरी प्रतिवेदन दिने जिम्मेवारी दिएको थियो ।


आजको बैठकमा विदेशमा रहेका जनसम्पर्क समितिहरुलाई व्यापक, सबल,अनुशासित,गतिशील,सदस्यहरुको हितमुखी बनाउदै सबै सदस्यलाई राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्शले प्रेरित नेपाली कांग्रेसप्रति प्रतिबद्ध बनाउदै यसका पक्षमा विदेश र नेपालमा जनमत सिर्जना गर्न गराउन परिचालन गर्ने सम्बन्धमा छलफल भएको थियो ।

बैठकमा हाल सबैतिर उपलब्ध सूचना प्रविधि र सामाजिक सञ्जाललाई पार्टीको हितमा सदुपयोग गर्ने सम्बन्धमा पनि छलफल भएको थियो ।

बैठकमा सदस्यहरु जगदीश पौडेल,मोहन गुरुड.,सीता अर्याल, कृष्ण अधिकारी,सुनिता जी.सी.,ईश्वरीप्रसाद जोशी,प्रकाश अधिकारी, नरेन्द्रबहादुर भाट, इन्द्रकमल बुढाथोकी, शिवकुमार यादव र डा.मनोरदिन सैयदले समसामयिक सुझाव दिनुभएको थियो ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top