नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Thursday, December 4th

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

पार्टीको आगामी बैठकमा जनसम्पर्क समितिहरुको अधिवेशन र निर्वाचन सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने विभागको निर्णय


सानेपा(ललितपुर), २३ जेठ । नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले पार्टीको आगामी केन्द्रीय समितिको बैठकमा विदेशस्थित जनसम्पर्क समितिहरुको अधिवेशन र निर्वाचनसम्बन्धी प्रस्ताव कार्य तालिका सहित प्रस्तुत गर्ने निर्णय गरेको छ ।

नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख एवम् पार्टीका केन्द्रीय सदस्य किरणराज शर्मा पौडेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रवार सम्पन्न बैठकले सो निर्णय गरेको हो ।

नेपाली कांग्रेसले अध्ययन,रोजगारी र उद्यमशीलताका लागि विदेशमा पुगेका पार्टीप्रति आस्थावान र प्रतिबद्ध कांग्रेसजनहरुलाई समेटेर पार्टी संगठनमार्फत उनीहरुको हासिल गरेको ज्ञान,सीप,अनुभव र आर्जन गरेको पूँजीलाई देशको विकासमा लगाउन नेपाली पुगेका विभिन्न देशमा जनसम्पर्क समिति गठन गरेको छ । ती समितिहरुलाई समन्वय गर्न केन्द्रीय विभागको गठन गरेको छ ।

बैठकमा विभागका प्रमुख पौडेलले पार्टीले विदेशमा रहेका नेपाली समुदायलाई संगठित गर्दै सबैको भलाईमा सक्रिय रहदै आएका जनसम्पर्क समितिहरुलाई उच्च महत्व दिएको हुनाले तिनलाई गतिशील बनाउन विधान अनुरुप अधिवेशन गर्न आवश्यक भएको बताउनुभएको थियो । उहाँले जनसम्पर्क समितिहरुलाई पुरानो सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको लागि पत्राचार गर्नुका साथै सदस्यता पत्र उपलब्ध गराइएको जानकारी पनि दिनुभएको थियो ।

विभाग प्रमुख पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई विभागको प्रमुखमा नियुक्त गर्नुभएको जेठ १६ गते एक बर्ष पुगेको जानकारी गराउँदै एक वर्षमा भएका कार्यहरुको विवरण पनि दिनुभएको थियो । उहाँले आफूले जिम्मेवारी पाएकै दिनदेखि जनसम्पर्क समितिहरूको अस्तित्व र स्थायित्व क़ायम गर्ने, डायस्पोराका समितिहरूसंग सजिलोसंग सम्पर्क र सम्बन्ध विस्तार गर्ने र हाल कायम रहेका जनसम्पर्क समितिहरूलाई सक्रिय र सशक्त बनाउने तथा थप देशहरूमा संगठन विस्तार गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

उहाँले २०८१ कार्तिक २३ गते विभागमा थप २८ जना साथीहरू मनोनीत गरेर पार्टी सभापतिले विभागको कार्य सम्पादन गर्न सहज अवस्था सिर्जना गरिदिनुभएकोमा आभार पनि प्रकट गर्नुभएको थियो । विभागले पार्टी सभापतिको प्रमुख आतिथ्यतामा “ प्रवासमा नेपालीः राज्यको दायित्व र जनसम्पर्क समितिको भूमिका”विषयमा पार्टी कार्यालयको सभाकक्षमा सार्थक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको पनि पौडेलले बताउनु भयो ।

गैर आवासीय नेपाली संघको एकता महाधिवेशनको पूर्वसंध्यामा सम्पन्न उक्त कार्यक्रममा डायस्पोराका नेपालीहरूका ज्वलन्त सवालहरूलाई सम्बोधन गर्न गैरआवासीय नेपाली नागरिकता,परराष्ट्र मन्त्रालय र दूतावासको सेवा प्रवाह, श्रम, रोजगार र सामाजिक सुरक्षा आदि विषयमा कार्यपत्र प्रस्तुत गरि गहन छलफल भएको थियो।

बैठकमा विभाग प्रमुख पौडेलले विभागको वेभसाईट निर्माण भएर परीक्षणमा चलिरहेको र एप निर्माणको अन्तिम तयारीमा रहेको पनि जानकारी दिनुभयो ।

बैठकमा सबै जनसम्पर्क समितिहरुलाई उपयोगी हुने बार्षिक कार्यक्रम तालिका(क्यालेण्डर अफ इभेन्ट्स) तयार गर्ने, आचार संहिता निर्माण गर्ने, जनसम्पर्क समितिका साथीहरुलाई देशको आर्थिक तथा सामाजिक विकाससंग जोड्ने कार्यक्रम तय गर्ने, नेपालीहरुको संख्या बढ्दै गएका तर जनसम्पर्क समिति गठन नभएका देशहरुमा जनसम्पर्क समिति विस्तार गर्ने, जनसम्पर्क समितिहरुको संगठनात्मक संरचनामा एकरुपता ल्याउने लगायतका विषयमा पनि छलफल भएको थियो ।

बैठकमा विदेशमा रहनुभएका सदस्यहरुले भर्चुअल माध्यमबाट सहभागिता जनाउनुभएको थियो ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top