नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Thursday, December 4th

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाल महिला संघकी संस्थापक मंगलादेवी सिंहको २९ औं स्मृति दिवस सम्पन्न ; महिला अधिकार स्थापित गर्न सिंहको अतुलनीय योगदान


काठमाडौँ, १० भदौ : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राज्य सञ्चालनका विभिन्न तहमा महिला प्रतिनिधित्व स्थापित गर्न नेपाली कांग्रेसकी नेत्री मङ्गलादेवी सिंहको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

नेपाल महिला सङ्घकी संस्थापक एवं नेपाली महिला आन्दोलनकी नेत्री मङ्गलादेवी सिंहको २९औँ स्मृति दिवसका अवसरमा आज शोभाभगवतीमा रहेको सिंहको सालिकमा माल्यार्पण गर्दै उहाँले महिला अधिकारका लागि उहाँको भूमिका अतुलनीय रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री सिंहले महिलाको हक, अधिकारका लागि आवाज उठाउने महिला नेत्री सिंह लगायत महिलाको सङ्घर्षको परिणामस्वरुप वर्तमान संविधानमा समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व सुनिश्चित भएको बताउनुभयो ।

त्यस अवसरमा मङ्गलादेवी फाउन्डेसनकी अध्यक्ष सृजना सिंहले मङ्गलादेवी सिंह नेपाली महिलाका लागि प्रेरणाकी स्रोत हुनुहुन्यो भन्नुभयो । महिलालाई चुलोचौकोबाट बाहिर निस्केर आफ्ना हक, अधिकारका निम्ति लड्न २००४ साल साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला महिला सङ्घ स्थापना भएको थियो ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top