नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Thursday, December 4th

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा गर्जबहादुर गुरुङ निर्वाचित; महासचिवमा टोपबहादुर मल्ल र कोषाध्यक्षमा भुपेन्द्र थापा


सानेपा (ललितपुर), २४ फागुनः नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा गर्जबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । यही फागुन २२ देखि कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय महाधिवेशनले गुरुङको नेतृत्वमा अध्यक्ष, महासचिव, कोषाध्यक्ष र ५० सदस्यसहितको नयाँ केन्द्रीय समिति चयन गरेको हो ।

समितिको महासचिवमा टोपबहादुर मल्ल र कोषाध्यक्षमा भुपेन्द्र थापा निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता तेज रावलले जानकारी दिनुभयो ।

छैटौँ केन्द्रीय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय सदस्यहरूमा मेहर सिंह कुँवर, नारायणबहादुर सुयाल, रामकृष्ण सुनार, खड्कबहादुर कार्की, निमबहादुर खत्री, जीवनधर चपाई, इन्द्रबहादुर दहाल, टहलबहादुर कार्की, कृष्णबहादुर खत्री, नारायणबहादुर खड्का, चन्द्रबहादुर गुरुङ, डिलबहादुर थापा मगर, जसबहादुर गुरुङ, राजकुमार आचार्य, विष्णुमायाँ तामाङ, दानबहादुर रानाभाट, ओमप्रकाश थापा, रेस्मीराज अधिकारी, झहरबहादुर खत्री, नारायणसिंह ठकुरी, यामबहादुर खत्री, दिलबहादुर खत्री, महादेवप्रसाद अधिकारी, लिलासिंह राना, देवेन्द्रप्रसाद शर्मा, जीतबहादुर भट्ट, राजु सिग्देल, साधुराम घिमिरे, गोकर्ण पुरी, धनबहादुर लामा, चिजा श्रेष्ठ, श्रीराम आले, राजकुमार बस्नेत, कमलकुमार गुमाजू, मेनबहादुर थिङ तामाङ, वीरबहादुर तिमिल्सिना, रुद्रप्रसाद घिमिरे, भूपेन्द्रकुमार श्रेष्ठ, रामेश्वर खड्का, गौमती थापा मगर, निर्मल कुँवर, कमलबहादुर गुरुङ, फुलबहादुर गुरुङ, वीरबहादुर शाही, मोहनबहादुर राना, बुद्धिबहादुर थापा मगर, वासुदेव भण्डारी, रामबहादुर परिवार, पोखप्रसाद न्यौपाने र उदयबहादुर थापा रहनुभएको छ ।

यस्तै, नवनिर्वाचित अध्यक्ष गुरुङले पदभार ग्रहणसँगै थप १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नुभएको कोषाध्यक्ष भुपेन्द्र थापाले जानकारी गराउनुभयो । मनोनित हुनेहरूमा विनुबहादुर थापा, अर्जुन केसी, जुद्धवीर थापा मगर, केशरबहादुर खाँड थापा, भक्तजङ्ग राई, सुब्बा थपलिया, गमबहादुर गुरुङ, प्रेमजङ्ग गुरुङ, ओमबहादुर रिमाल, ओमजङ्ग पाण्डे, देवबहादुर थापा मसराङ्गी, बोधविक्रम पण्डित, क्षेत्रबहादुर थापा, डोरबहादुर अधिकारी, खडानन्द लामिछाने, चौबहादुर गुरुङ र केशबहादुर गुरुङ हुनुहुन्छ ।

Templatesबिहीबार पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्नुभएको थियोे ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top