नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Thursday, December 4th

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाल निजामती कर्मचारी युनियनको ३५औँ स्थापना दिवस कार्यक्रममा सभापति देउवा ; सुशासन कायम गराउने जिम्मेवारी कर्मचारीमा रहेको कथन


काठमाडौँ, १९ भाद्र । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी वर्गको काँधमा सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो, चुस्त र प्रभावकारी बनाएर मुलुकमा सुशासन कायम गराउनुपर्ने गहन जिम्मेवारी रहेको बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी युनियनको ३५औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सभापति देउवाले लोकतान्त्रिक परिवर्तनको भावना अनुरुप समय सापेक्ष रुपमा निजामती सेवा प्रवाहमा व्यापक सुधार हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सबल र सक्षम निजामती सेवा बनाउन ट्रेड युनियनहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता छ । विगतका कमी कमजोरीलाई सुधार गरेर सरकारले दिने हरेक सेवा चुस्त र दुरुस्त बनाउन तपाईहरु क्रियाशिल हुनु पर्छ ।”

सभापति देउवाले कर्मचारी युनियन सबै राष्ट्र सेवक कर्मचारीहरूको अभिभावक भएर नेतृत्वदायी भूमिकामा बस्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै मुलुकको ठूलो लोकतान्त्रिक पार्टी कांग्रेसको शुभेच्छुक संस्था भएका कारण नेपाल निजामती कर्मचारी युनियनको नीति निर्माणमा महत्वपूर्ण भूमिका रहेको विश्वास व्यक्त गर्नुभयो । शासकीय क्षमता अभिवृद्धि गर्न राज्यले बनाउने नीतिहरूमा छलफल एवम् बहस पैरवी गर्न पनि युनियनको रचनात्मक भूमिका आवश्यक पर्ने बताउनुभयो । उहाँले हरेक निकायमा इमानदार र कत्र्यव्यनिष्ठ कर्मचारी भए मात्र सुशासनको प्रत्याभूति हुन सम्भव हुने धारणा राख्नुभयो ।

स्थायी सरकार भनिने कर्मचारीतन्त्रमा हुने नियुक्तिमा पेसागत दक्षता भएका, इमानदार र सेवामैत्री कर्मचारीको छनोटमा वकालत गर्न युनियनको सार्थक उपस्थिति बलियो हुनुपर्ने सभापति देउवाको भनाइ थियो । उहाँले भन्नुभयो, “कर्मचारीका आधारभूत आवश्यकतासँग जोडिएका समस्यामा सरकारको ध्यान जाने नै छ । म र मेरो पार्टीको सदैव सहयोग रहन्छ ।”

नेपालको लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै सङ्घर्षमा कर्मचारी युनियनको अग्रणी भूमिका रहँदै आएको र यसले कर्मचारीको हक हित तथा रक्षाका लागि आवाज बुलन्द गर्दै नेपालको ड्रेड युनियन आन्दोलनमा नयाँ ऊर्जा थपिएको सभापति देउवाले बताउनुभयो । उहाँले निजामती सेवा ऐन, २०६४ जारी गराउन खेलेको नेतृत्वदायी भूमिका विशेष स्मरणीय रहेको र यो ऐन बनेपछि कर्मचारीको पेसागत हकहित सामाजिक सुरक्षा लगायतका विषयमा नयाँ ढोका खोलेको बताउनुभयो । निजामति विधेयकमा कर्मचारीका सरोकारका विषयलाई पार्टीले चासोपूर्वक लिएको र कर्मचारी समायोजनमा भएको कमजोरी सच्याउन पहल गर्ने सभापति देउवाले विश्वास व्यक्त गर्नुभयो ।

युनियनका कार्यवाहक अध्यक्ष उत्तमकुमार कटुवालले कर्मचारी ट्रेड यूनियनले सुशासन, प्रवद्र्धन, सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन रचनात्मक सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सङ्घीय निजामति सेवा विधेयकमा रहेका कमजोरीलाई सच्याएर विधेयकलाई पूर्णता दिनुपर्नेमा जोड दिनुभयो ।

युनियनका निवर्तमान अध्यक्ष गोपालप्रसाद पोखरेलले संवैधानिक निकायलगायत महत्वपूर्ण निकायमा लोकतन्त्रवादी कर्मचारीको उपस्थिति बलियो हुन नसकेको बताउनुभयो । सो अवसरमा सभापति देउवाले युनियनले प्रकाशन गरेको ‘कर्मचारी’ नामक पुस्तकको विमोचन गर्नुभयो । कार्यक्रममा युनियनका निवर्तमान अध्यक्ष पोखरेल, उपसचिव दिपक रेग्मीलगायत विभिन्न ४२ व्यक्तित्वलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

–––

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top