कुवेत, ९ जेठ । नेपाली जनसम्पर्क समिति कुवेतको ११औं मासिक बैठक सम्पन्न भएको छ ।
कुवेतको फर्वानियास्थित डाम्पा चौतारी नेपाली रेस्टुरेन्टमा भएको उक्त बैठक नेपाली जनसम्पर्क समिति कुवेतका सभापति केशर घलान तामाड.को अध्यक्षतामा सम्पन्न गरिएको थियो।
बैठकमा जनसम्पर्क समितिले महिनाभरि गरेका कामको समीक्षा गर्नुका साथै अब गर्नुपर्ने कामका बारेमा छलफल भएको थियो । बैठकले कुवेतमा रहेका नेपालीहरुको अवस्था बारेमा पनि समीक्षा गरेको थियो ।




