मनामा(बहराइन), १३ पौष । नेपाली जनसम्पर्क समिति बहराईनको चौंथो अधिवेशन बहराइनको राजधानी मनामामा सफलतापूर्वक सम्पन्न भएको छ ।
महाधिवेशनले शेरबहादुर रावतको सभापतित्वमा १५ सदस्यीय कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपसभापतिद्धयमा राजु नेपाली (बाग्दास) र तीर्थबहादुर भण्डारी,
महामन्त्रीद्धयमा उमेश जोशी र रविराज पौडेल ६ जना सहमहामन्त्री बोधनारायण गच्छ्दार, भवबहादुर कुवर क्षेत्री, जानुका पौडेल, जीवलाल गौतम, भुवन भट्टराई र वीरेन्द्र कठायत रहनुभएको छ ।
कार्यसमिति सदस्यहरुमा मिना नेपाली मिजार, बिनोद अर्याल, टेकबहादुर सिंह र अर्जुन रानाभाट निर्वाचित हुनुभएको छ ।
अधिवेशनले १५ औं महाधिवेशन प्रतिनिधिहरु पनि सर्वसम्मतिले चयन गरेको छ । जस अनुसार नवनिर्वाचित सभापति शेरबहादुर रावत (पदेन), पदमसुन्दर गुरुङ, राजु नेपाली ( वाग्दास) १५ औं महाधिवेशन प्रतिनिधि चुनिनुभएको छ भने टेकबहादुर महत,बिनोद अर्याल, तीर्थबहादुर भण्डारी र दुत प्रसाद गुरुङ (दिपक) महासमिति प्रतिनिधि चयन हुनुभएको छ ।
राजधानी मनामास्थित भेटघाट रेष्टुरेन्टको सभाहलमा पौष १० गते(२५ डिसेम्बर) बिहिबार जनसम्पर्क समिति बहराइनका सभापति पदमसुन्दर गुरुङको सभापतित्वमा सम्पन्न अधिवेशनका प्रमुख अतिथि नेपाली जनसम्पर्क समिति समन्वय विभागका सदस्य राज रेग्मीको हुनुहुन्थ्यो ।
विभिन्न व्यक्तिहरुको शुभकामना मन्तव्यबाट महाधिवेशनको अधिवेशनको उद्घाटन सत्र शुरु भएको थियो । महामन्त्री उमेश जोशीले समितिको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै सो प्रतिवेदन त्यहि हलबाट पास गरेर अधिवेशन कार्यक्रम अगाडि बढेको थियो ।
पहिलो सत्रको कार्यक्रम समापन पश्चात निर्वाचन समिति संयोजक शंकरमान गुरुङले नेपाली कांग्रेस केन्द्रिय निर्वाचन समितिको तर्फबाट यस अधिवेशनको प्रतिनिधिको रुपमा खटिनु भएका केन्द्रिय निर्वाचन प्रतिनिधि भूपाल कोइरालाको रोहवरमा निर्वाचन समितिले निर्वाचन प्रक्रिया शुरु गरि सर्वसम्मतिले कार्यसमितिका सभापतिसहित पदाधिकारी र सदस्यहरुको चयन गरेको थियो ।
महाधिवेशनले नेपाली कांग्रेसको १५ औं महाधिवेशन प्रतिनिधि र महासमिति प्रतिनिधि समेत सर्वसम्मतिले चयन गरेको थियो । निर्वाचन समितिका प्रमुखले नवनिर्वाचित कार्यसमितिका सभापतिसहित पदाधिकारी र सदस्यहरुका साथै महाधिवेशन र महासमिति प्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।




