नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समिति चण्डीगढ़मा प्रशिक्षण तथा संयुक्त बैठक सम्पन्न


चण्डीगढ़, (पञ्जाब,भारत) । नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समितिको आयोजनामा चण्डीगढ़को गढवाल भवन, सेक्टर २९ मा प्रशिक्षण तथा संयुक्त बैठक सम्पन्न भएको छ।

नेपाली जनसम्पर्क समिति भारतका सहमहामन्त्री जीवलाल भट्टराईले दिनुभएको जानकारी अनुसार क्षेत्रीय समितिका अध्यक्ष राजु चन्द ठकुरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्वआमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डे रहनुभएको थियो।

कार्यक्रममा जनसम्पर्क समिति भारतका केन्द्रीय पदाधिकारी, क्षेत्रीय पदाधिकारी, शाखा तथा महिला समितिका अध्यक्ष, सचिव र प्रतिनिधिहरूको सक्रिय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि पाण्डेले दीप प्रज्वलन गरी महामानव बी.पी. कोइरालाको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको उद्घाटन गर्नु भयो। उहाँले प्रशिक्षण सत्रमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता, नविकरण, र नयाँ फारामहरू क्षेत्रीय समितिलाई हस्तान्तरण गर्नुका साथै समसामयिक राजनीतिक, सामाजिक, आर्थिक तथा संगठनात्मक विषयमा प्रशिक्षण दिनुभएको थियो।

बैठकमा बी.पी. कोइरालाको स्मृति दिवस, जन्मजयन्ती, तीजका कार्यक्रम भव्य रुपमा आयोजना गर्ने, जनसम्पर्क समिति स्थापनाको स्वर्ण महोत्सव बर्ष विभिन्न कार्यक्रम गरेर मनाउने, र संगठनको एकता, मेलमिलाप तथा पारदर्शिता जस्ता महत्वपूर्ण विषयमा गहन छलफल गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि पाण्डेले पश्चिमोत्तर भारतका २२ शाखाहरूको भ्रमण, जनजागरण तथा संगठन सुदृढीकरणको उद्देश्यसहित केन्द्रीय प्रतिनिधिमण्डल गठन गर्ने घोषणा गर्नुभयो, जसमा १ जना केन्द्रीय प्रतिनिधि, २ जना क्षेत्रीय प्रतिनिधि र १ महिला प्रतिनिधि समावेश हुनेछन्।

कार्यक्रमको समापनमा चण्डीगढ़ क्षेत्रीय समितिका कार्यकर्ताहरूले संगठनप्रति प्रतिबद्धता व्यक्त गर्दै बी.पी. कोइरालाको सपनालाई साकार पार्न सामूहिक संकल्प लिएका थिए।

सो भव्य कार्यक्रमको सञ्चालन महासचिव ढाकाराम पौडेलले गर्नुभएको थियो ।


Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top