ओस्लो(नर्वे),१७ वैशाख । नेपाली जनसम्पर्क समिति नर्वेको पाँचो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ ।
अधिवेशनले इन्जिनियर पारसमणि मिश्रको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर शाही,चार उपाध्यक्षमा गणेश थापा, चक्रविक्रम शाही, रमेश घिमिरे र गिरीराज अधिकारी ; महामन्त्रीद्धयमा सुरेशकुमार यादव र रमेश सुवेदी निर्वाचित हुनुभएको छ भने सह-महामन्त्री त्रयमा नरेश बास्कोटा, विनोद श्रेष्ठ र कृष्णबहादुर खत्री निर्वाचित हुनभएको छ । कोषाध्यक्षमा निर्मला परियार चुनिनु भयो भने प्रवक्तामा जगन्नाथ पाण्डे।
नयाँ कार्यसमितिका सदस्यहरुमा नवराज श्रेष्ठ, सुनिल बास्तोला, रमेश तिम्सिना, राघवचन्द्र अधिकारी, विष्णु पौडेल,नविन सापकोटा र घनश्याम तिवारी निर्वाचित हुनुभएको छ ।
जनसम्पर्क समितिको पाँचौ महाधिवेशनले नेपाली कांग्रेसको आगामी १५औं केन्द्रीय महाधिवेशनका लागि सुरेशकुमार यादव, जीवनबहादुर शाही, सुरेन्द्र के.सी. र , आविष्कार बास्तोलालाई महाधिवेशन प्रतिनिधि निर्वाचित गरेको छ भने पारसमणि मिश्र, जितेन्द्रविक्रम शाही र कविन्द्र ढकाललाई महासमिति प्रतिनिधि चयन गरेको छ ।
नेपाली कांग्रेसले जनसम्पर्क समिति नर्वेको पाँचौ अधिवेशन र नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न गर्नका लागि केन्द्रबाट पूर्व आमन्त्रित केन्द्रीय सदस्य एवम् जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेलाई प्रतिनिधि खटाएको थियो ।
उहाँले निर्वाचन अधिकृत नवीन थपलिया जनसम्र्पक समिति नर्वेका जीवनबहादुर शाही , दिपेन्द्र आचार्य दिपेन्द्र बिष्ट, विक्रम बमको सहयोगमा निश्पक्षतापूर्वक निर्वाचन सम्पन्न भएको बताउनुभएको छ।
केन्द्रीय प्रतिनिधि पाण्डेका अनुसार नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौ अधिवेशन लोकतान्त्रिक मूल्य मान्यता अनुरुप निश्पक्ष रूपमा सम्पन्न भयो । उद्घाटन सभा , र बन्द सत्र अति व्यवस्थित रुपमा सम्पन्न भएको छ।
उहाँले अधिवेशन सफल बनाउन र निर्विघ्नातापूर्वक निर्वाचन सम्पन्न गराउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।




