नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति जापानद्धारा परराष्ट्र मन्त्री डा. राणाको सम्मानमा स्वागत कार्यक्रमको आयोजना

टोकियो(जापान), ८ जेठ । नेपाली जनसम्पर्क समिति, जापानले हाल जापान भ्रमणमा रहनुभएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको सम्मान भव्य स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

परराष्ट्र मन्त्री डा. राणा जापानमा आयोजित “फर द वेलफेयर एण्ड एजुकेशन अफ द एशियन पिपुल” द्धारा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्न अहिले जापानमा हुनुहुन्छ ।

नेपाली जनसम्पर्क समिति जापानका सभापति लालबहादुर के.सी(रोशन)को सभापतित्वमा भएको कार्यक्रममा बोल्दै मन्त्री डा. राणाले विभिन्न प्रतिकूल अवस्थाका बाबजुद नेपालले लोकतान्त्रिक पद्धति अन्तरगत देशको सामाजिक-आर्थिक विकासमा फड्को मारेको बताउनुभयो । उहाँले अध्ययनका साथै ज्ञान,सीप र श्रमको उचित सम्मान र पारिश्रमिक खोज्ने क्रममा संसारको कुनाकुनासम्म पुग्नुभएका नेपालीहरुले परिवार र राज्यलाई ठूलो गुन लगाउनुभएको बताउनुभयो ।

उहाँले विदेशमा रहनुभएका नेपालीहरुलाई सघाउने र उनीहरुलाई देशको आर्थिक सामाजिक विकासमा समाहित गर्न परराष्ट्र मन्त्रालयले अलग्गै महाशाखा स्थापना गरेर काम थालेको पनि उल्लेख गर्नुभयो ।

उहाँले देशमा केही पनि हुँदैन र सम्भव पनि छैन भन्नेजस्ता नकारात्मक धारणा विकास गरेर लोकतान्त्रिक पद्धतिप्रति वितृष्णा जगाउन सुनियोजित प्रयास भैरहेको बताउदै विदेशमा बसेर उद्यम व्यवसाय गर्नुभएका नेपालीहरुले स्वदेशमा पनि संभाव्य क्षेत्रमा लगानी गरेर देशमा रोजगारी सिर्जना गर्दै आर्थिक विकासलाई टेवा दिन आग्रह गर्नुभयो ।

मन्त्री डा राणाले संसारभर फैलिएको नेपाल डायस्पोरालाई संगठित रुपमा अगाडि बढाउन सर्वोच्च अदालतको परमादेश अनुसार हालै सम्पन्न भएको गैरआवासीय नेपाली संघको एकता महाधिवेशन एक कोशेढुंगो भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “संसारमा रहेका नेपाली डायस्पोरासँग धेरै ठूलो शक्ति छ । तपाईँहरू एकताबद्ध हुनुभयो भने आफ्ना अधिकारका लागि लड्न ठूलो तागत मिल्ने छ । त्यसैले मेरो आग्रह छ, सानातिना कुरामा नअल्झिनुहोस ।”

कार्यक्रममा जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी, जनसम्पर्क समिति जापानका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुका साथै पूर्वपदाधिकारी र सदस्यहरु, नवनिर्वाचित एनआरएनए आईसीसीका अध्यक्ष महेश श्रेष्ठ तथा एशिया संयोजक डा बलराम श्रेष्ठ, एनआरएनए जापानका पदाधिकारी र सदस्यहरुको गरिमामय उपस्थिति थियो ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top