नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति ओमानको अधिवेशन सम्पन्न, संजयकुमार शाहको सभापतित्वमा ३१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित

मस्कट(ओमान), १८ पौष । नेपाली जनसम्पर्क समिति ओमानको राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले अधिवेशनले संजयकुमार शाहको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ।

नवनिर्वाचित कार्यसमितिको सभापतिमा संजयकुमार शाह, वरिष्ठ उपसभापति महम्मद सेराजुद्विन, उपसभापति डम्बर बहादुर पुन,महिला उपसभापति चन्दा गुरुङ, महामन्त्रीद्धयमा नरेन्द्र बराल(नरेन) र शेख हेजातुल्लाह,सहमहामन्त्रीद्धयमा याम बहादुर सारु र श्रीकृष्ण रेग्मी,कोषाध्यक्षमा दिल बहादुर बि.क.,सहकोषाध्यक्षमा अरुणकुमार बञ्जाडे रहनुभएको छ ।

अधिवेशनबाट महिला संयोजक लक्ष्मी पाण्डेय,युवा तथा खेलकुद संयोजक गणेश रेग्मी, कोशी प्रदेश संयोजक अनिल दंगाल, मधेश प्रदेश संयोजक वकिल अंसारी, वाग्मती प्रदेश संयोजक रामचन्द्र घले, गण्डकी प्रदेश संयोजक हरिबहादुर रानाभाट ,लुम्बिनी प्रदेश संयोजक धर्मराज गिरि, कर्णाली प्रदेश संयोजक तिलकराम शर्मा, संस्कृति विभाग प्रमुख संजिता मोक्तान निर्वाचित हुनुभएको छ ।

त्यस्तै कार्यसमितिको केन्द्रीय सदस्यहरु मैयाँ पदालुङ्ग,रामबहादुर गुरुङ, प्रकाश बस्याल, वेगबहादुर राना,सम्झना राई,राजन राना,नाशिर अहमद अन्सारी,गंगा थापा,गंगा पौडेल,शमशेर अन्सारी सुष्मा थापा र देवी राना निर्वाचित हुनुभएको छ।

अधिवेशनले नेपाली कांग्रेसको आसन्न १५ ओै केन्द्रीय महाधिवेशन र महासमिति प्रतिनिधिहरु पनि चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष संजयकुमार शाह नविनकुमार पंगेनी र महम्मद सेराजुद्विन महासमिति प्रतिनिधि चयन हुनुभएको छ भने महाधिवेशन प्रतिनिधि विकल झा,धर्मराज गिरि,शेख हेजातुल्लाह,रित बहादुर कटुवाललाई चयन गरिएको छ ।

नवगठित कार्यसमितिले संस्थाको संरक्षक निवर्तमान कार्यवाहक सभापति नविनकुमार पंगेनी,वरिष्ठ सल्लाहकार बिकल झा, सल्लाहकार सुरज चित्रकार,बिनबहादुर बस्नेत,अजय विष्ट र रित बहादुर कटुवाललाई कार्यसमितिको सल्लाहकारमा चयन गरेको छ।

नेपाली जनसम्पर्क समिति ओमानका कार्यवाहक सभापति नवीनकुमार पंगेनी को सभापतित्वमा सम्पन्न अधिवेशनमा नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डाक्टर प्रकाश शरण महतले भर्चुअल माध्यमबाटै प्रमुख आतिथ्यता ग्रहण गर्नुभएको थियो । अधिवेशनमा नेपाली राजदूतावास ओमानका महामहिम राजदूत डोरनाथ अर्याल नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल, केन्द्रीय पर्यवेक्षक तथा नेपाली जनसम्पर्क समिति कतारका संस्थापक सभापति नरेन्द्रबहादुर भाटले भर्चुअल माध्यमबाटै विशिष्ट अतिथिको आसन ग्रहण गर्नुभएको थियो । केन्द्रीय निर्वाचन प्रतिनिधि ममिता पौडेलको उपस्थिति रहेको अधिवेशनको उद्घाटन सत्रमा नेपाली जनसम्पर्क समिति साउदी अरबका संरक्षकराजु सैयद, नेपाली जनसम्पर्क समिति ओमानका वरिष्ठ सल्लाहकार बिकल झा , एनआरएनए नेपाली सोसल क्लब ओमानका अध्यक्ष सुरेश खड्का विशेष अतिथि हुनुहुन्थ्यो । उद्घाटन सत्रमा ओमानमा रहेका नेपालीहरुको विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरूको उपस्थिति रहेको थियो।

भर्चुअल माध्यमबाट अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि डाक्टर प्रकाश शरण महत र राजदूत अर्यालले जनसम्पर्क समिति ओमानले प्रविधिमार्फत अधिवेशन भव्यरुपमा सम्पन्न गरेकोमा सम्पूर्ण कार्यसमितिलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

महाधिवेशन प्रतिनिधि नरेन बरालले संचालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य तात्कालीन उपसभापति सन्जयकुमार शाहले राख्नुभएको थियो।

अधिवेशनको बन्द सत्रमा नेपाली जनसम्पर्क समितिको कार्य तथा प्रगति विवरण कार्यवाहक सभापति नविनकुमार र कोषाध्यक्ष दिलबहादुर बि. क. ले प्रस्तुत गर्नु भएको थियो।

अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई निर्वाचन समितिका संयोजक बिकल झा र सदस्यद्धय बिनबहादुर बस्नेत र अजय विष्टले प्रमाणपत्र हस्तान्तरण गरी सपथ गराउनुभएको थियो।

नेपाली जनसम्पर्क समिति ओमान अधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा नवनिर्वाचित सभापति शाहले नेपाली कांग्रेसका प्रवक्ता डा.महत, नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख पौडेल, नेपाली राजदूत अर्यालसहित अतिथिहरु र अधिवेशनमा उपस्थित सबै सदस्यहरुलाई हार्दिक आभार प्रकट गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top