नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति अमेरिकाद्धारा टेक्सास र क्यालिफोर्नियामा महावाणिज्य दूतावास खोल्ने निर्णयको स्वागत र भएका काममा सन्तुष्टि प्रकट


सानेपा(ललितपुर), ६आषाढ । नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाल सरकारद्धारा संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्को र टेक्सास राज्यको ड्यालसमा महावाणिज्य दूतावास स्थापना गर्ने सरकारको निर्णयको स्वागत गर्दै र यस सम्बन्धमा तीव्र गतिमा भएका कामप्रति सन्तुष्टि प्रकट गरेको छ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले एक विज्ञप्ति प्रकाशित गर्दै संयुक्त राज्य अमेरिकाको टेक्सास र क्यालिफोर्नियाको सन् फ्रान्सिस्को शहरमा नेपाल सरकारले औपचारिक रुपमा आफ्नो कन्सुलेट कार्यालय स्थापना गरी सेवा संचालन गर्ने तयारी गरेकोमा खुशी व्यक्त गर्नुभएको छ । उहाँले यसका लागि तदारुकताका साथ पहलकदमी लिइदिनु भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीज्यू र परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवासहित सिंगो नेपाल सरकारप्रति समितिको तर्फबाट आभार समेत व्यक्त गर्नुभएको छ।

उहाँले नेपाली जनसम्पर्क समिति नेपाली समुदायको हित र नेपाल सरकारका तर्फबाट आफ्ना नागरिकलाई प्रदान गरिने सेवा र सुविधा सहज रुपमा दिलाउनसधैं प्रतिवद्ध रहेको उल्लेख गर्दै समितिको प्राथमिकता नेपाल र अमेरिकामा रहेको नेपाली समुदायको बृहत्तर हितका लागि आवश्यक पहल गर्नु रहेको स्पष्ट पार्नु भएको छ । उहाँले समितिले अमेरिकाको पश्चिमी क्षेत्रमा रहने नेपालीको लागि क्यालिफोर्निया राज्यको सन् फ्रान्सिस्को शहर र दक्षिणी क्षेत्रमा रहने नेपालीको लागि टेक्सासको डाल्लासमा नै वाणिज्य दूतावासको कार्यालय स्थापना गरिनुपर्छ भन्ने माग परराष्ट्र मन्त्रालय, प्रधानमन्त्रीको कार्यालय र सत्तारुढ नेपाली कांग्रेसको पार्टी नेतृत्व समक्ष निरन्तर राख्दै आइरहेको पनि स्मरण गराउनुभएको छ । उहाँले वाणिज्य दूतावास खोल्ने कार्यमा दुवै राज्य र शहरका नेपाली जनसम्पर्क समितिका च्याप्टर नेतृत्व र अन्य स्थानीय संघ,संस्थाबाट भएको सहयोग र समन्वयका लागि पनि समितिको तर्फबाट आभार व्यक्त गर्नुभएको छ। उहाँले समितिको अगुवाइमा हातेमालो गर्ने सम्बन्धित संघ,संस्था र सहयोगी साथीहरुलाई धन्यवाद पनि दिनुभएको छ ।

सबैको सामूहिक प्रयत्नले नै यो उपलब्धि हासिल भएको भन्दै सभापति विष्टले दुई शहरमा नेपाल सरकारको औपचारिक कार्यालय स्थापनाका लागि अध्ययन गर्न अहिले परराष्ट्र मन्त्रालयबाट जिम्मेवारी तोकिएका सरकारी कर्मचारीहरु सम्बन्धित राज्य र शहरमा आइपुग्नु भएको पनि उल्लेख गर्नुभएको छ ।कार्यालय संचालन पश्चात् नेपाल सरकारबाट प्रदान गरिने सेवा र सुविधा अझ सहज,सरल र कम झन्झटिलो हुने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

नेपाल सरकारले अमेरिकाको टेक्सास राज्यको ड्यालसमा महावाणिज्य दूतावास स्थापना गर्ने निर्णय गरी कार्यालय सञ्चालनका लागि खटाएको सरकारी टोली अमेरिका पुगिसकेको छ ।

ड्यालसका लागि नेपाल सरकारले सहसचिव सुरेश अधिकारीलाई बाणिज्य दूत नियुक्त गरिसकेको छ ।

ड्यालसमा स्थापना हुन लागेको महावाणिज्य दूतावासले टेक्सासका अतिरिक्त ओक्लाहोमा, अर्कान्सास, लुजियाना, न्यू मेक्सिको, कन्सास, मिसिसिपी र कोलोराडो राज्यमा बसोबास गर्ने नेपाली समुदायलाई सेवा प्रदान गर्ने बताइएको छ ।

महावाणिज्य दूतावास कार्यालयका लागि परराष्ट्र मन्त्रालयले चार जना कर्मचारी पदस्थापन गरेको छ । तीमध्ये सहसचिव अधिकारी र उपसचिव धना जोशी हाल ड्यालसमा नेपाली समुदायका अगुवासँग छलफल तथा समन्वयमा संलग्न हुनुहुन्छ ।

गत मंगलवार नेपाली समाज टेक्सासले नवनियुक्त वाणिज्यदूतसहितको टोलीको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा नवनियुक्त वाणिज्यदूत अधिकारीले अमेरिकी सरकारबाट स्वीकृति पाउनासाथ सेवा सुरु गरिने जानकारी दिनुभएको थियो । कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले ड्यालसमा महावाणिज्य दूतावास स्थापना अभियानमा साथ दिने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।

कार्यक्रममा युलेश सिटीका उपप्रमुख टिका पौडेल, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटा, नेपाली समाज टेक्सासका पूर्वअध्यक्ष प्रेम अधिकारी, गैरआवासीय नेपाली संघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, पानस अमेरिकाका अध्यक्ष रवि रावल, प्रवासी नेपाली मञ्च अमेरिकाका सचिव विजय भट्टराई, ग्रेटर अस्टिन नेपाली समाजका कोषाध्यक्ष धिरेन्द्र यादव, नेपाली जनसम्पर्क समिति ड्यालसका अध्यक्ष ज्ञानेन्द्र कार्की, जनप्रगतिशील मञ्च अमेरिकाका प्रतिनिधि ओम लामिछाने र नेपाल–अमेरिका पत्रकार सङ्घ (नेजा)का अध्यक्ष सुरज भण्डारीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top