नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

जेनजीले उठाएका मागले सबै नेपालीको भावनाको प्रतिनिधित्व गर्छ, तर प्रदर्शनमा घुसपैठ भयो,त्यसको निश्पक्ष छानबिन होस्ः रमेश लेखक,केन्द्रीय सदस्य नेपाली कांग्रेस


पाटन (ललितपुर), २४ असोज : पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनमा उठेका माग सबै नेपालीको भएको बताउनुभएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन दबाउन सरकारबाट बल प्रयोग गर्ने नीति नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय पदाधिकारी बैठकमा सहभागी भएर बहिरिने क्रममा आज धारणा राख्नुहुँदै पूर्वगृहमन्त्री लेखकले भदौ २३ गतेको घटनाका सम्बन्धमा सरकारद्वारा गठित आयोगले निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिनुभयो । “जेनजी आन्दोलनमा उठेका विषय सबै नेपालीको माग थियो, सुशासन कायम र भ्रष्टाचार नियन्त्रण जेनजीहहरूले उठाएको माग हो, तर त्यो आन्दोलनमा घुसपैठ भएर दुःखद् घटना भयो, घटना दुःखदायी र पीडादायी थियोे, मैले २३ गते नै गृहमन्त्रीबाट राजीनामा गरिसकेको थिएँ, २४ गते दुःखद् घटना भयो, सरकारी र निजी संरचनामा आगजनी भए, यो दुःखद् छ”, उहाँले भन्नुभयो । उहाँले अहिलेको समयमा उत्तेजित हुने र आग्रह पूर्वाग्रहका आधारमा क्रियाशील हुनेभन्दा बृहत्तर हितका लागि ठीक ढङ्गले अगाडि बढ्नुपर्छ भन्नेमा जोड दिनुभयो । “२६ गतेको बैठकको तयारीका लागि पदाधिकारी र कार्यसम्पादनको बैठक भएको हो, अहिले नेपाली कांग्रेसमा मात्रै नभएर देशमा एकताको आवश्यकता रहेको छ, बृहतर संवादको आवश्यक छ, जेन जेड पुस्ताले माग गरेको कुरालाई सम्बोधन गर्नुपर्ने छ”, उहाँले भन्नुभयो । लेखकले भदौ २३ गतेको घटनाको छानबिन गर्नका लागि गठन भएको आयोगले लोकतान्त्रिक पद्धतिभित्र बसेर मुलुकको संविधान र कानुनभित्र बसेर काम गर्नुपर्ने बताउनुभयो ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top