नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

जनसम्पर्क समिति साउदी अरेबियाको तेस्रो अधिवेशन सम्पन्न, अर्जुन थापाको सभापतित्वमा सर्वसम्मतिले २५ सदस्यीय केन्द्रीय समिति चयन

रियाद(साउदी अरेबिया), ११ पौष । नेपाली जनसम्पर्क समिति साउदी अरबको तेस्रो अधिवेशन राजधानी रियादमा भव्यताका साथ सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलको प्रमुख आतिथ्यमा पौष ११ गते शुक्रवार सम्पन्न अधिवेशनले अर्जुन थापाको सभापतित्वमा निर्विरोध केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

समापन शत्रमा सम्बोधन गर्ने वक्ताहरुले जनसम्पर्क साउदी अरबको अधिवेशनले नेपाली काँग्रेसको आसन्न १५ औँ अधिवेशनलाई प्रवासी नेपालीको सहमति,सहकार्य र एकताको सन्देश दिएको बताउनुभयो ।

अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि पौडेलले नेपालमा पछिल्लो पटक भएको जेनजी आन्दोलनले दलहरुलाई सच्चिन सन्देश दिएको उल्लेख गर्दै अहिलेको भ्याकेन्ट स्थितिको एकमात्र निकास निर्वाचन भएको बताउनुभयो । पौडेलले काँग्रेस निर्वाचनमा सहभागी हुन इमान्दारीपूर्वक लागेको दावि गर्नुभएको थियो । योग्य र क्षमतावान नेपालीहरु प्रवासमा रहेको चर्चा गर्दै उहाँले प्रवासमा रहेका नेपालीहरु समेतको सहयोग र सहभागितामा पर्यटनमार्फत् नेपालको विकास सम्भव रहेको धारणा व्यक्त गर्नुभयो ।

शुक्रबार रियादमा आयोजित तेस्रो अधिवेशनले अर्जुनबहादुर थापाको सभापतित्वमा २५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको वरिष्ठ उपसभापतिमा शुरेसराज त्रिपाठी, उपसभापतिमा पदमप्रसाद पाण्डे, नरेश सापकोटा र गोपाल पंगेनी निर्विरोध निर्वाचित हुनुभएको छ । अधिवेशनले महामन्त्रीद्धयमा अरुण वेल्वासे र मोहन अधिकारीलाई निर्वाचित गरेको छ । समितिको सह महामन्त्रीमा भिम बि.क. र खेमराज भट्ट निर्वाचित हुनुभएको छ ।

समितिको सदस्यहरुमा पाराशोर काफ्ले, रामचन्द्र राउत, लक्ष्मी लोप्चन तामाङ्ग, रामशरण थापा, अनिल रेग्मी, राजेन्द्र कार्की, सुरज रेग्मी, संजोग पाण्डे, आयान बस्नेत, पूर्णप्रसाद रिजाल, प्रकाश बहादुर ढाँट, भरतबहादुर बोहोरा, तेजप्रसाद अधिकारी, इब्राहिम शर्मा, गणेश भाट इब्राहिम, गोपाल आचार्य, सन्तोष परियार निर्वाचित हुनुभएको छ ।

अधिवेशनमा शुभकामना व्यक्त गर्दै रियादस्थित नेपाली दूतावासका श्रम कन्सुलर कविराज उप्रेति, नेपाली काँग्रेसको जनसम्पर्क समन्वय विभागका सदस्य तथा महासमिति सदस्य पुरुषोत्तम खनाल लगायतले प्रवासमा रहेका श्रमिकहरुका समस्याका विषयमा जनसम्पर्क समितिले सकृयतापुर्वक सहयोगीको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

अधिवेशनको उद्घाटन सत्रमा साउदी अरबमा कार्यरत २२ युवाहरु नेपाली काँग्रेसमा प्रवेश समेत गर्नुभएको छ ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top