ब्रसेल्स(बेल्जियम), ६ असोज । जनसम्पर्क समिति बेल्जियमले नेपाली कांग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बी.पी. कोइरालाको ११२ औँ जन्मजयन्ती तथा १० औं संविधान दिवस कार्यक्रम सम्पन्न गरेको छ।
जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सुबास गुरुड.को सभापतित्वमा भएको कार्यक्रममा संविधान २०७२ को रक्षा गर्दै परिवर्तित परिस्थितिमा राष्ट्र पुनर्निर्माणमा जनसम्पर्क समितिको भूमिका विषयमा छलफल गरिएको थियो।
यस अवसरमा एनआरएनएको आईसीसीमा मनोनित र एनसीसीमा निर्वाचित अग्रज तथा साथीहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा भाद्र २३ भएको जेनजी प्रदर्शन र र २४ गते आन्दोलनकारीको नाममा भएको विध्वंशकारी गतिविधिको समीक्षा पनि गरिएको थियो । कार्यक्रमका वक्ताहरुले नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु देउवामाथि भएको सांघातिक हमला र तोडफोड तथा आगजनीका घटनाको घोर भर्त्सना गर्दै दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेका थिए।




