नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

जनसम्पर्क समिति नर्वेद्धारा आयोजित भलिबल प्रतियोगिता सम्पन्न ; पुरुष र महिला दुवैतर्फ मगर समाज नर्वेका टिमहरु प्रथम


ओस्लो(नर्वे), ३१ आषाढ । नेपाली जनसम्पर्क समिति नर्वेले १०औं जनसम्पर्क समिति भलिबल प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न गरेको छ ।

यही जुलाई १३ मा सम्पन्न सो प्रतियोगितामा पुरुष र महिला दुवैतर्फ मगर समाज नर्वेका टिमहरु प्रथम भएका थिए ।
त्यस्तै खेलमा पुरुष तथा नेप्लिज पोर्चुगिज सोसाईटी इन नर्वे(नेपोज) उपविजेत भयो भने महिलातर्फ जनसम्पर्क समिति नर्वे उपविजेता भएको थियो ।
खेलमा पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको थियो । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको थियो ।


प्रतियोगितामा पुरुषतर्फ ओएनएफ, मगर समाज नर्वे, एभरेष्ट इड्रेट्सल्याग, एनआरएनए, नेप्लिज पोर्चुगल सोसाईटी इन नर्वे, जनसम्पर्क समिति ए, टिम ट्रामेन र जनसम्पर्क समिति बी गरी आठ टिम सम्मिलित थिए । आठ टोलीलाई समूह ए र बी गरी दुई समूहमा बाँडिएको थियो । समूह एमा ओएनएफ,एनआरएनए, जनसम्पर्क समिति ए र जनसम्पर्क समिति लिजेन्ट्स राखिएको थियो । समूह बीमा मगर समाज नर्वे, एभरेष्ट इड.रेट्सल्याग, नेपोस र ट्रिम ड्रामेन थिए ।

‘खेलकुद हाम्रो संस्कृति रूपान्तरणको माध्यम हो’ भन्ने उद्देश्यका साथ सम्पन्न भएको यस १०औं संस्करणको जनसम्पर्क समिति भलिबल प्रतियोगितामा साथ दिनुभएका सम्पूर्ण दिदीबहिनी, दाजुभाइ, आमाबुबा तथा भविष्यका कर्णधार नानीबाबुहरूलाई नेपाली जनसम्र्पक समितिका उपसभापति एवम् १० औं जनसम्पर्क समिति भलिबल प्रतियोगिता २०८२का संयोजक चक्रविक्रम शाहीले आफ्नो व्यक्तिगत र जनसम्पर्क समिति नर्वेको तर्फबाट हार्दिक धन्यवाद दिनुभएको छ।

उहाँले पुरुष तथा महिला दुवै समूहमा भाग लिनु भएकासमस्त खेलाडी, व्यवस्थापक तथा कप्तानहरुप्रति कृतज्ञता प्रकट गर्दै विजयी टिम र खेलाडी तथा प्रशिक्षक सबैलाई बधाई ज्ञापन गर्नुभएको छ ।

उहाँले यस कार्यक्रमलाई सुचारु र व्यवस्थित रुपमा सम्पन्न गर्न ध्यान दिनुभएका सबै उपसमितिका संयोजक र सदस्यहरुका साथै खाना व्यवस्थापन उपसमिति, स्वयंसेवक परिचालन उपसमिति, बाल खेल तथा मनोरञ्जन उपसमिति, आर्थिक उपसमिति, खेल सञ्चालन उपसमिति, यातायात व्यवस्थापन उपसमिति, प्रचार–प्रसार उपसमिति, सचिवालय र व्यवस्थापकीय उपसमिति, तथा यो प्रतियोगितालाई निष्पक्ष, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गराउने रेफ्री, लायन्सम्यान, स्कोरर तथा सम्पूर्ण निर्णायक मण्डलका सदस्यहरूप्रति जनसम्पर्क समितिको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ, “तपाईंहरूको सूक्ष्म निरीक्षण, संयमित निर्णय र व्यावसायिक कार्यशैली ले गर्दा आजको यो प्रतिस्पर्धा विश्वसनीय, पारदर्शी र सफल बन्न सकेको हो।”

उहाँले यस पवित्र कार्यलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा साथ दिने, निमन्त्रणा स्वीकार गरी उपस्थित भई कार्यक्रमको शोभा बढार्ईदिने सम्पूर्ण संघ–संस्था, पदाधिकारी तथा प्रतिनिधिहरूलाई पनि धन्यवाद दिनुभएको छ ।

यस कार्यक्रमलाई सञ्चारमाध्यममा स्थान दिई समाजमा सकारात्मक सन्देश फैलाउनुहुने पत्रकार र फोटोग्राफरहरुलाई पनि आयोजक समितिले आभार प्रकट गरेको छ ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top