नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रद्वारा प्रशिक्षण, स्वास्थ्य शिविर र इन्डो–नेपाल सांस्कृतिक महोत्सव भव्यरूपमा सम्पन्न


बङ्गलोर (भारत), २९ असोज । नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रको आयोजनामा सम्पन्न “प्रशिक्षण, आन्तरिक भेटघाट, स्वास्थ्य शिविर तथा संगठन सुदृढीकरण कार्यक्रम” भव्य, सभ्य र अत्यन्त सफलतापूर्वक सम्पन्न भएको छ।

नेपाली जनसम्पर्क समिति, दक्षिण भारत क्षेत्र बङ्गलोरका महासचिव दिवस शाहीले दिनुभएको जानकारी अनुसार नेपाल–भारतबीचको भौगोलिक निकटता,सांस्कृतिक समानता र आत्मिय एकतामा आधारित सम्बन्धलाई आपसी समझदारी, मित्रता, पारस्पारिक सहयोगका माध्यमबाट अझ मजबुत बनाउने उद्देश्यले आयोजित कार्यक्रम अत्यन्त सफल रह्यो ।

प्रशिक्षण, संगठन सुदृढीकरण र स्वास्थ्य शिविर

नेपाली जनसम्पर्क मञ्च दक्षिण भारत बंगलोरका उपाध्यक्ष तेजनारायण शाहको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले जनसम्पर्क समितिको इतिहास र वर्तमान अवस्था, प्रवासी नेपालीका समस्या र समाधानका उपायहरूबारे विस्तृत प्रशिक्षण दिनुभएको थियो।

उहाँले विशेष गरी युवाहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमताको अभिवृद्धि, सामाजिक सञ्जालको सदुपयोग, र नेपालप्रति उत्तरदायी नागरिक चेतना विकासका विषयमा निर्देशन दिनुभयो।

यसै क्रममा, इन्डो–नेपाल टिमसँगको सहकार्यमा नेपाली जनसम्पर्क समिति भारतले निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरेको थियो। शिविरमा दक्षिण भारतका विभिन्न शहरमा बसोबास गर्ने थुप्रै नेपालीहरूले स्वास्थ्य सेवा प्राप्त गरी प्रत्यक्ष लाभ लिएका थिए। कार्यक्रम सफल बनाउन चिकित्सक टिम, स्वयंसेवक तथा स्थानीय नेपाली समुदायको उल्लेखनीय सहयोग प्राप्त भएको थियो।

दक्षिण भारत क्षेत्रका उपाध्यक्ष तेजनारायण शाहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव दिवस शाहीले गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय आमन्त्रित सदस्य माननीय बालकृष्ण पाण्डे रहनु भएको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा सहमहामन्त्री दीपक झा, र अतिथिका रूपमा केन्द्रीय सदस्य श्रीमती दुर्गा आचार्य, क्षेत्रीय कार्यसमितिका पदाधिकारी, शाखा अध्यक्ष–सचिवहरू तथा स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

इन्डो–नेपाल सांस्कृतिक महोत्सव–२०२५

बङ्गलोरमा आयोजित इन्डो–नेपाल सांस्कृतिक महोत्सव–२०२५ मा नेपाली जनसम्पर्क समिति पनि सह–आयोजकको रूपमा सहभागी भएको थियो। कार्यक्रममा भारतका प्रतिष्ठित राजनीतिक नेता, भारतमा बसोबास गर्ने नेपाली कलाकार, र नेपालबाट आएका राष्ट्रिय कलाकारहरूको समेत उल्लेखनीय सहभागिता रह्यो। सांस्कृतिक प्रस्तुतिहरू, गीत–सङ्गीत, नृत्य र कविता मार्फत नेपाल–भारत मैत्री, सांस्कृतिक सम्बन्ध र एकताको सन्देश सम्प्रेषण गरिएको थियो।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभयो। उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै“नेपाल र भारतको सम्बन्ध केवल भौगोलिक मात्र होइन, सांस्कृतिक, धार्मिक र आत्मीय सम्बन्ध हो। यस किसिमका कार्यक्रमहरूले दुई देशबीचको मित्रता, सहयोग र साझा पहिचानलाई अझ मजबुत बनाउँछ।” भन्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जनसम्पर्क समितिका अध्यक्ष पाण्डेले भन्नुभयो, “नेपाल अहिले गम्भीर र चुनौतीपूर्ण मोडमा पुगेको छ। राजनीतिक अस्थिरता, हिंसा र अराजकताले हाम्रो लोकतान्त्रिक मूल्य, संविधान र व्यवस्थामाथि नै प्रहार भइरहेको छ। यस्तो अवस्थामा नेपाली कांग्रेसले आत्ममूल्यांकन गर्दै एकता, सुधार र जवाफदेही नेतृत्वको बाटो रोज्न जरुरी छ, ताकि संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सकियोस्।”

चार दिन लामो दक्षिण भारत भ्रमणका क्रममा अध्यक्ष पाण्डेले संगठनका सबै तहका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्दै समस्याको समाधान, संगठन विस्तार, युवा नेतृत्व निर्माण र समाजसेवी अभियानलाई सबल बनाउने रणनीति प्रस्तुत गर्नुभएको थियो।

दक्षिण भारत क्षेत्रीय समितिले आगामी दिनमा पनि यस प्रकारका प्रशिक्षण, सेवा र एकतामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

उत्साहवर्धक कार्यक्रम


जनसम्पर्क समिति भारतका अध्यक्ष पाण्डेले दक्षिण भारतमा भएको कार्यक्रमले त्यहाँका सबै तहका संगठनमा अपूर्व उत्साह जगाएको बताउनुभएको छ । उहाँ बङ्गलोर, चेन्नई (मद्रास), कोयम्बटुर र होसुर लगायतका विभिन्न स्थानहरूमा रहेका शाखा र समुदायहरूले आयोजना गरेका स्वागत तथा भेटघाट कार्यक्रमहरूमा सहभागी हुनुभएको थियो । उहाँले बङ्गलोर एयरपोर्टमा क्षेत्रीय अध्यक्ष माधवराज खडायत लगायत साथीहरु र अन्य शाखा समुदायबाट प्राप्त न्यानो आतिथ्यताप्रति आभार पनि प्रकट गर्नुभएको छ ।

मद्रास (चेन्नई)बाट केन्द्रीय सांस्कृतिक सचिव काशिराम आचार्यको नेतृत्वमा क्षेत्रीय उपाध्यक्ष गङाराम आचार्य, क्षेत्रीय सदस्य घनश्याम पौडेल सहितको टिमले पनि भ्रमणमा सक्रिय सहभागिता जनाउँदै संगठन सुदृढीकरण, सांस्कृतिक एकता र सदस्यता विस्तार अभियानमा उल्लेखनीय भूमिका निर्वाह गरेको थियो।

भ्रमणका क्रममा अध्यक्ष पाण्डेले विभिन्न शाखा प्रतिनिधिहरूका गुनासा र सुझावहरू सुनी धेरै समस्या तत्काल समाधान गर्नुभएको थियो।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top