नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

जनसम्पर्क समिति जापानद्धारा पार्टी सभापतिसहित नेताहरुमाथि भएको आक्रमण र आन्दोलनकारीका नाममा भएका विध्वंसात्मक कार्यको निन्दा, संविधानको सम्मान गर्दै समाधान खोज्न राष्ट्रपतिलाई अपिल


टोकियो(जापान), २७ भाद्र । नेपाली जनसम्पर्क समिति जापानले संविधानको सम्मान गर्दै राजनीतिक निकास खोज्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अपिल गरेको छ ।

नेपाली जनसम्पर्क समिति जापानका सभापति लालबहादुर के.सी.(रोशन)द्धारा आज भाद्र २७ गते शुक्रवार तद्अनुसार १२ सेप्टेम्बर २०२५ मा एक विज्ञप्ति जारी गर्दै सो अपिल गर्नुभएको हो ।

आफ्नो अपिलमा जनसम्पर्क जापानका सभापति के.सी.ले भन्नुभएको छ, हामी विश्वास गर्दैछौ, समृद्ध नेपाल र सुन्दर भविष्यको मार्ग लोकतान्त्रिक मूल्य र संविधानको सम्मानबाट मात्र सम्भव हुन्छ । अतः मुलुकका अभिभावक सम्माननीय राष्ट्रपतिमार्फत युवाहरुका जायज मागलाई सम्बोधन गर्दै राष्ट्रिय सहमति र स्थायी समाधानको बाटो खोलिदिन नेपाली जनसम्पर्क समिति हार्दिक अपिल गर्दछ ।

जनसम्पर्क समिति जापानका सभापति रोशनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री माननीय डा. आरजु देउवा राणा लगायतका नेतामाथि भएको भौतिक आक्रमणको घोर निन्दा पनि गर्नुभएको छ । उहाँले अराजक आन्दोलनकारीको आक्रमणमा पर्नुभएका नेताहरुको शीघ्र स्वास्थ्यलाभको पनि कामना गर्नुभएको छ ।

उहाँले जेन जीको आन्दोलनमा भएको घुसपैठ गरेका अराजकतावादीहरुले गरेको राष्ट्रिय सम्पत्ति तथा ऐतिहासिक धरोहरहरु सर्वोच्च अदालत, सिंहदरबार,संसद भवन,राष्ट्र बैंक, मालपोत कार्यालय, कारागार,प्रहरी कार्यालयहरु साथै विभिन्न निजी तथा सार्वजनिक सम्पत्तिहरुमाथि भएको तोडफोड, आगजनी र लुटपाट जस्ता उछ्श्रृखल गतिविधिहरुको पनि घोर भत्र्सना गर्नुभएको छ । उहाँले यस्ता गतिविधिमा संलग्न दोषीहरुकोको पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न पनि जोडदार माग गर्नुभएको छ ।

जनसम्पर्क समिति जापानले सुशासन,सम्बृद्धि,स्थिर सरकार र भ्रष्टाचार उन्मूलनको अभियान सुरु गरेका युवाहरुको समूह जेनजीले गरेको प्रदर्शनको क्रममा नेपाल प्रहरीबाट असावधानीपूर्वक अन्धाधुन्द गोली प्रहार गर्दा जीवन गुमाउनुभएका युवाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ भने सबै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top