नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

जनसम्पर्क समिति जर्मनीद्धारा पार्टी सभापति देउवा दम्पतिमाथि भएको सांघातिक आक्रमण र देशभर भएको विध्वंसात्मक कुकृत्यको निन्दा, घटनाका दोषी उपर कारबाहीको माग

बर्लिन(जर्मनी), २७ भाद्र । नेपाली जनसम्पर्क समिति जर्मनीले यही भाद्र २३ गते अर्थात ७ सेप्टेम्बरका दिन राजधानीमा जेन जीले गरेको प्रदर्शनमा घुसपैठ गरी देशमा असामान्य अवस्था सिर्जना गरेर नेपालको संवैधानिक र लोकतान्त्रिक प्रक्रियालाई उल्टोबाटो मोड्ने दुस्प्रयास गरिएको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सेप्टेम्बरका ८ दिन देशैभरी भएका आगजनी, तोडफोड, हिँसा र लुटपाटका घटनाले मुलुक स्तब्ध भएको उल्लेख गर्दै नेपाली जनसम्पर्क समितिका सभापति शिखर खड्काद्धारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ,”सङ्घीय संसद भवन, राष्ट्रपति भवन, ऐतिहासिक सिँहदरबार, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, प्रहरी कार्यालय लगायत सयौँ संरचनाहरु ध्वस्त भएका छन। बहुमूल्य र दुर्लभ अभिलेख, दस्ताबेज र लिखतहरु जलेर नष्ट भएका छन् । होटल, डिपार्टमेन्टल स्टोर, केबुल कार, गाडीका शोरुम, बैंक लगायत सार्वजनिक र निजी सम्पत्तिमा खर्बौँको नोक्सानी भएको छ । जेलबाट गंभीर कसुरमा दोषी साबित भएका सहित हजारौँ कैदीबन्दीहरु बाहिरिएका छन् । राजनीतिक दलका नेता कार्यकर्ता तथा कार्यालयहरु निशाना बनाइएका छन् । विकासका दृष्टिले मुलुकलाई दशकौँ बर्ष पछाडि धकेलेको छ। यी घटनाक्रमबाट सिङ्गो समाजलाई ठूलो आघात पुगेको छ।”

उहाँले जेनजीका अगुवाहरुले प्रदर्शन शान्तिपूर्ण रहने बताए पनि यसलाई आफ्नो राजनीतिक रोटी सेक्ने माध्यम बनाएका घुसपैठियाहरुले भड्काएर उग्र बनाउदै गोली चल्ने स्थितिमा पुर्याएको त्यसलाई आधार बनाएर दोस्रो दिन सुनियोजित तवरले विध्वंसात्मक र विनाशकारी घटनाहरु घटाइएको प्रसंग उहाँले उठाउनुभएको छ । जनसम्पर्क जर्मनीले यी सबै घटनाहरु कस्ले कहाँबाट र कसरी घटायो ?त्यसको स्वतन्त्र र निस्पक्ष छानबिन गर्न माग गरेको छ । उसले यो समग्र प्रकरणमा राज्यका सुरक्षा निकायहरुको भूमिकामा पनि समीक्षा पनि हुनुपर्ने बताएको छ ।

जनसम्पर्क समिति जर्मनीका सभापति खड्काले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट मन्त्री आरजु राणालाई सांघातिक आक्रमण र दूर्व्यबहार गर्ने र उहाँको निवासमा आगजनी गर्ने कार्यको भत्र्सना गर्नुभएको छ । उहाँले दुवैजनाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नुभएको छ ।

नेपाली जनसम्पर्क समिती जर्मनीले प्रतिगामीहरुले नियोजित रुपमा चालेको यस कदमबाट नेपाली काङ्ग्रेस पार्टी पङ्क्तिलाई कति पनि विचलित नहुन र एकताबद्ध तथा भविष्यप्रति आशावादी भएर अगाडि बढ्न आग्रह गरेको छ ।

राणालाई पराजित गर्ने, निरङ्कुश पन्चायतलाई परास्त गर्ने, माओवादी सशस्त्र द्वन्द्व,लगायत धेरै सामाजिक विद्वेषको चरम अवस्था र प्राकृतिक एवं मानव–निर्मित विपत्ति जस्ता असामान्य चुनौतीसँग जुझ्दै र तिनीहरुमाथि विजय हासिल गर्दै इतिहासको हरेक परीक्षामा खरो उत्रेर देश र जनताको सेवामा जुटेको कांग्रेसमा सानो षड्यन्त्रलाई सहजै पार लगाउन सक्ने सामाथ्र्य रहेको उहाँले उल्लेख गर्नुभएको छ ।

नेपाली जनसम्पर्क समिति जर्मनीले सङ्कटको यस घडीलाई सबै एकताबद्ध भएर देशलाई पुनः संवैधानिक बाटोबाट लोकतान्त्रिक युगमा ल्याउने विश्वास व्यक्त गरेको छ ।

जनसम्पर्क समिति जर्मनीले अभिव्यक्ति स्वतन्त्रता र भ्रष्टाचार अन्त्यको माग राखी प्रदर्शनमा उत्रिदा सुरक्षा निकायले असावधानीपूर्वक चलाएको गोली लागेर जीवन गुमाएका किशोर किशोरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । उसले जेनजीलाई कुनै स्वार्थसमूहले उनीहरुको सोझोपनाको फाइदा उठाई देश र लोकतन्त्रलाई क्षति पुर्याउनेतर्फ सावधान रहन पनि सचेत गराएको छ ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top