नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

जनसम्पर्क समिति क्यानडाद्धारा सभापति देउवा दम्पतिमाथि भएको आक्रमणको निन्दा; लोकतन्त्रमाथि हुने प्रहार विरुद्ध दृढतापूर्वक उभिन आह्वान


टोरन्टो(क्यानडा), २६ भाद्र । नेपाली जनसम्पर्क क्यानडाका सभापति बुद्धिप्रसाद ओलीले एक विज्ञप्ति जारी गर्दै जेनजीले गरेको प्रदर्शनलाई उत्तेजक बनाएर त्यसको आवरणमा नेपालको लोकतान्त्रिक व्यवस्थाविरुद्ध गर्न लागिएको षड्यन्त्रप्रति सबैलाई चनाखो बन्न आग्रह गर्नुभएको छ ।

उहाँले प्रधानमन्त्रीले राजिनामा दिएपछि भएका अराजक,हिंसक र ध्वंसात्मक गतिविधिको निन्दा गर्दै आन्दोलनकारीको आवरणमा केही अराजक समूहबाट पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य एवम् परराष्ट्र मन्त्री डा. आरजु राणा देउवामाथि भएको सांघातिक हमलाको घोर निन्दा गर्नुभएको छ । उहाँले यो हमला केवल सभापतिमाथि मात्र नभई सम्पूर्ण लोकतान्त्रिक मूल्य र कांग्रेस परिवार माथिको आक्रमण भएको उल्लेख गर्नुभएको छ ।

जनसम्पर्क समिति क्यानडाका सभापति ओलीले यस कठिन घडीमा पाटी सभापति र परराष्ट्रम न्त्रीको शीघ्र स्वास्थ्यलाभको हार्दिक कामना गर्दै लोकतन्त्रमाथि हुने हरेक प्रहारविरुद्ध दृढतापूर्वक उभिन सबैलाई आह्वान गर्नुभएको छ।

उहाँले भन्नुभएको छ, लोकतन्त्रको रक्षा तपाई हाम्रो साझा जिम्मेवारी हो । नेपाली कांग्रेसले बोकेको इतिहास, मूल्य–मान्यता र जनताको बलिदान कुनै पनि बहानामा सम्झौता हुन सक्दैन ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top