नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

जनसम्पर्क समिति कुवेतद्धारा राष्ट्रिय एकता र मेलमिलाप तथा टोपी दिवसका उपलक्ष्यमा कार्यक्रम सम्पन्न


कुवेत सिटी(कुवेत), २० पौष । नेपाली जन सम्पर्क समिति कुवेतद्वारा ०१ जनवरी २०२६ का दिन कुवेतस्थित गुर्खा किचन साल्मियामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस साथै ‘राष्ट्रिय टोपी दिवस’ कार्यक्रम सफलतापूर्वक मनाइएको छ ।

नेपाली जनसम्पर्क समिति कुवेतका सभापति केशर घलान तामाड.ले दिनुभएको जानकारी अनुसार प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेताहरू आठ वर्षको निर्वासन त्यागेर वि.सं. २०३३ पौष १६ गते स्वदेश फर्किएको दिनको सम्झनामा राष्ट्रिय एकता तथा मेलमिलाप दिन मनाइएको हो ।

उक्त कार्यक्रममा जनसम्पर्क समिति कुवेतका सल्लाहकार, संरक्षक, र कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा राष्ट्रिय एकता, मेलमिलाप, लोकतन्त्र तथा समाजवादका मूल्य, मान्यता आदर्शमाथि विचार मन्थन गरिनुका साथै शुभकामना आदानप्रदान गरिएको थियो ।

सभापति घलानले कार्यक्रम शान्त, मर्यादित तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी दिनुभएको छ ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top