नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

क्यालिफोर्नियामा पिकनिकको कार्यक्रमसहित मनाइयो जननायक बी.पी. कोइरालाको ४३ औं स्मृति दिवस


लस एन्जल्स(क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका), ९ साउन । नेपाली जनसम्पर्क समिति संयुक्त राज्य अमेरिकाको आयोजनामा अमेरिकाको दक्षिण क्यालिफोर्नियामा पिकनिकसहित विविध कार्यक्रम गरेर नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बी.पी.कौइरालाको ४३औं स्मृति दिवस मनाइएको छ।

नेपाली जनसम्पर्क समिति अमेरिका क्यालिफोर्निया च्याप्टरले खेलकुद, सांस्कृतिक कार्यक्रम तथा पिकनिकको आयोजनाका साथ भव्य रुपमा बी.पी. स्मृति दिवस मनाएको हो।

कार्यक्रम च्याप्टर सभापति मदन पाठकको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवं कार्यक्रमका प्रमुख अतिथि आनन्द विष्टले महामानव बी.पीको योगदानको चर्चा गर्नुभयो। उहाँले नेपालको राजनीति बी.पी.पथमा चल्दा जनताको अभिष्ट छिट्टै पूरा हुने बताउनुभएको थियो।

उहाँले आजभन्दा ५० वर्षअघि बिपीले विश्वभर छरिएर रहेका नेपालीलाई एकता सुत्रमा बाँध्ने उद्देश्यका साथ भारतमा पहिलो पटक जनसम्पर्क समितिको स्थापना गरेको स्मरण गर्नुभयो।

‘बीपीमा मेलमिलापको सिद्धान्त थियो। उहाँको त्यही भावनाले विश्वभरका नेपालीलाई एकताबद्ध गर्न जनसम्पर्क समितिको अवधारणा ल्याउनु भएको थियो। हाल विश्वका ३८ देशमा कांग्रेसको जनसम्पर्क समिति छ। अमेरिकाका ३७ राज्यमा च्याप्टर छ। र, यसले बीपीको सपना तथा उद्देश्य अनुरुप काम गरिरहेको छ,’ उहाँले भन्नुभयो ।

नेपाल र नेपालीलाई कुनै गाह्रोसाह्रो पर्दा विश्वका विभिन्न देशका जनसम्पर्क समितिहरूले सहयोग गर्दै आएको उहाँले उल्लेख गर्नुभयो। उहाँले आपसी एकता र मुलुकको हितका लागि बीपीले देखाएको बाटोमा हिँड्ने प्रेरणा मिलोस् भन्ने शुभकामना दिनुभएको थियो।

कार्यक्रममा आर्टिसिया सिटी, लस एन्जल्सका मेयर अली सज्जाद, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. तीर्थराज खनिया, नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, नेता सुदेश भट्टलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि विष्टले च्याप्टर सभापति पाठक, नेता नबीन पोखरेल, कार्यक्रम संयोजक राजेश निरौलालगायतले लस एन्जल्समा वर्षेनी यस्ता कार्यक्रम गर्दै आएकोमा खुसी व्यक्त गर्नुभएको थियो। ‘उहाँहरूले लस एन्जल्समा नेपालीका बीचमा विभिन्न उत्सवका अवसरमा वर्षेनी यस्ता खाले कार्यक्रम गरेर एकता भाव बढाउने काम गरिरहुनु भएको छ। यहाँहरूको सक्रियता र योगदानप्रति उच्च सम्मान गर्दै कृतज्ञता ज्ञापन गर्न चाहन्छु,’ विष्टले भन्नुभयो।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top