नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Thursday, December 4th

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

पार्टीको केन्द्रीय समिति बैठकमा विभाग प्रमुख किरणराज शर्मा पौडेलद्धारा नेपाली जनसम्पर्क समितिहरुको अधिवेशन र स्वर्ण जयन्ती वर्ष सम्बन्धी प्रस्ताव प्रस्तुत


सानेपा(ललितपुर), २० आषाढ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको असार १६ देखि शुरू भएको बैठक आज पनि सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, लतिलपुरमा बस्यो

आजको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलले विदेशस्थित जनसम्पर्क समितिहरुको निर्वाचन तालिका सम्बन्धी कार्यक्रम ,अन्तराष्ट्रीय जनसम्पर्क समिति र महादेश स्तरीय जनसम्पर्क समिति गठनको आवश्यकता र नेपाली जनसम्पर्क समितिको स्थापनाको स्वर्णजयन्ती वर्ष मनाउने प्रस्ताव पेश गर्नुभएको थियो ।


विभाग प्रमुख पौडेलले नेपाली जनसम्पर्क समितिको स्वर्ण महोत्सव बिश्वब्यापी रुपमा मनाउन आग्रह गर्नुभएको छ। वीपी कोइरालाले १९७६ जुन १३ मा भारतको मुम्बईमा जनसम्पर्क समिति स्थापना गरेको कारणले भारतभरी यो महोत्सवको रुपमा मनाउन सांदर्भिक हुने उहाँले बताउनुभएको छ।

उहाँले नेपाली जनसम्पर्क समितिका कार्यहरुलाई थप चुस्त दुरुस्त बनाउन परराष्ट्र मन्त्रीले गर्नुभएको समन्वय र सहयोग सराहनीय रहेको पनि बताउनुभयो । यसले विदेशमा रहेका नेपालीहरूलाई जनसम्पर्क समितिमा आबद्ध हुन प्रेरित गरिरहेको उहाँले बताउनुभयो ।

विश्वमा रहेका नेपाली डायस्पोराले पछिल्लो समयमा परराष्ट्र मन्त्रालयबाट पाउनुपर्ने कन्सुलर लगायतका सेवा सुविधाहरु छिटो छरितो र चुस्त दुरुस्त रुपमा प्राप्त गरिरहेको पनि उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा उहाँले परराष्ट्रमन्त्री डा आरजु राणा देउवा नियुक्त भएपछि कतिपय देशमा उहाँ आफैँ पनि पुगेर त्यहाँ रहेका नेपालीहरुको अवस्था र समस्या बुझ्ने तथा सम्बद्ध देशका नेपाली दूतबासहरुलाई नेपाली डायस्पोराको सेवामा रहन निर्देशन दिएबाट सेवा चुस्त दुरुस्त बनेको बताउनुभयो ।

केन्द्रीय सदस्य पौडेलले भन्नुभयो “विश्वमा रहेका नेपाली जनसम्पर्क समितिहरुले मलाई रिपोर्ट दिइरहेका छन् कि अहिले नेपाली दूतावासले दिने सेवाहरुमा चुस्तता आएको छ । आफूहरुलाई परेका समस्या र आवश्यकताका बारेमा आवाजहरुको छिटै सुनुवाई हुने गरेको छ । उनीहरुले परराष्ट्र मन्त्रालयबाट पाउने सेवाहरुमा फरक आएको बताएका छन् । यसका लागि म परराष्ट मन्त्रीलाई म विशेष धन्यवाद दिन चाहन्छु ।”

लाख भन्दा बढीको संख्यामा नेपालीहरु रहेका अमेरिकाको टेक्सास, लस एञ्जलस होस् या अन्य ठाउँमा पनि नेपाली महावाणिज्यदूताबासको स्थापना गरी परराष्ट्रका सहसचिवस्तरका अधिकारी खटाउने काम भएकाले यसबाट पनि ती क्षेत्रका नेपालीले सहजै सेवा पाउने अवस्था सिर्जना भएको र उनीहरुले आफ्नो बर्षौँदेखिको माग पूरा भएको महसुस गरेका आफूलाई बताएका पनि केन्द्रीय सदस्य पौडेलले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो “गैरआवासीय नेपाली संघ पनि एक किसीमले बेवारिस अवस्थामा पुगेको थियो । सर्वोच्च अदालतले ६ महिनाभित्र महाधिवेशन गराउन परराष्ट्रका नाममा दिएको परमादेश बमोजिम गत महिना महाधिवेशन सम्पन्न भइ अहिले एक प्रकारले ट्र्याकमा आएको छ ।

कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य एवम् विभाग प्रमुख पौडेलले आफ्नो विभागले भारतभरी जनसम्पर्क स्थापना दिवसको अवसरमा स्वर्ण महोत्सव मनाउन नेपाली जनसम्पर्क समितिलाई केन्द्रीय समितिको यो बैठकले निर्देशन गर्न प्रस्ताव गर्नुभएको छ।

गलत कार्यमा नफस्न चेतावनी

नेपाली कांग्रेसको केन्द्रीय समितिको आजको बैठकमा नेता किरणराज शर्मा पौडेलले तीनै तहका सरकारमा बसेका कांग्रेसका नेताहरूको कार्यसम्पादनको मूल्यांकन उच्चस्तरीय राजनीतिक संयन्त्रले गर्नुपर्ने बताउनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत जनताले सरकारको कामबारे जानकारी लिइरहेको उल्लेख गर्दै मन्त्री, सांसद, मेयर वा अन्य जनप्रतिनिधिलाई बिचौलियाको लहै लहैमा लागेर गलत कार्यमा नफस्न र सजग भएर काम गर्न आग्रह गर्नुभयो । “सामाजिक सञ्जालले सबै कुरा उजागर गर्छ, त्यसैले पारदर्शी र जिम्मेवार भएर काम गर्नुपर्छ,” उहाँले भन्नुभयो।

जनसम्पर्क समिति समन्वय विभागका प्रमुख समेत रहनुभएका पौडेलले नेपाली जनसम्पर्क समितिहरूको अधिवेशन अत्यावश्यक रहेको बताउनुभएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो धारणा राख्दै उहाँले आगामी २०८३ मंसिरमा हुने १५औँ महाधिवेशनमा सबै जनसम्पर्क समितिहरूको सहभागिता सुनिश्चित गर्न अधिवेशनको आवश्यकता औंल्याउनुभयो ।

पौडेलले विश्वका ३७ देशमा रहेका जनसम्पर्क समितिमध्ये हाल केवल तीनवटाको म्याद बाँकी रहेको र १४औँ महाधिवेशनमा २९ समितिले सहभागिता जनाएको जानकारी दिनुभयो । उहाँले अधिवेशनका लागि निम्न कार्यतालिका प्रस्ताव गर्नुभएको छः सदस्यता वितरण २०८२ असोज १७ देखि मंसिर १४ सम्म (नयाँ वितरण र पुराना नवीकरण( । अधिवेशनको मितिः २०८२ असोज १९ भित्र मिति तय गरी केन्द्रीय कार्यालयमा बुझाउने । असोजदेखि ३ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने । उहाँले अन्तर्राष्ट्रिय जनसम्पर्क समिति गठनको आवश्यकता रहेको उल्लेख गर्दै यसका लागि विधानको मस्यौदा तयार भएको जानकारी केन्द्रीय कार्यसमितिलाई गराउनुभयो।

नेपाली कांग्रेसका संस्थापक,पूर्वसभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले भारतको मुम्बईमा १९७६ जुन १३ मा नेपाली कांग्रेस जनसम्पर्क समितिको स्थापना गर्नुभएको थियो । नेपाली जनसम्पर्क समितिको अहिले ५०औँ वर्ष प्रवेशको अवसरमा स्वर्ण महोत्सव मनाउने तयारी गर्दैछ । समन्वय विभागले यो महोत्सवलाई विश्वव्यापी रूपमा मनाउन विश्वभरका जनसम्पर्क समितिहरूलाई आह्वान गरेको छ । भारतको बैंग्लोर, हैदरावाद, मुम्बई, भोपाललगायतका स्थानमा कार्यक्रमहरू सम्पन्न भइसकेका छन् । पौडेलले भारतमा नेपालीहरूको बाक्लो उपस्थिति र सम्पर्कलाई मध्यनजर गर्दै स्वर्ण महोत्सवलाई भारतमा विशेष रूपमा केन्द्रित गर्न प्रस्ताव गर्नुभएको छ ।

जनसम्पर्क समन्वय विभागका प्रमुखको हैसियतले परराष्ट्र मन्त्रालयसँग समन्वय गर्दै आउनुभएका पौडेलले इजरायल–प्यालेस्टाइन युद्धका क्रममा नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि पूर्व र वर्तमान परराष्ट्रमन्त्रीले गरेको पहलको प्रशंसा गर्नुभयो। मध्यपूर्वको अशान्तिमा नेपाल सरकार र परराष्ट्र मन्त्रालयले गरेको कामको पनि उहाँले सराहना गर्नुभयो । अमेरिकाको डालास र क्यालिफोर्नियामा कन्सुलर कार्यालय स्थापना भएपछि विदेशमा बस्ने नेपालीलाई सेवा प्राप्तिमा सहज भएको उहाँको भनाइ छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) मा देखिएको विग्रहलाई समाधान गर्न सर्वोच्च अदालतको परमादेश र परराष्ट्र मन्त्रालयको सहयोगमा गत मे ३–४ मा काठमाडौंमा एकताको महाधिवेशन सम्पन्न भएको पौडेलले बताउनुभयो । यो महाधिवेशनले एनआरएनएलाई सही दिशामा ल्याएको भए पनि अझै धेरै काम बाँकी रहेको भन्दै उहाँले नेतृत्वलाई सचेत गराउनुभएको छ ।

आजको बैठकमा केन्द्रीय सदस्यहरू— ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, दिपक गिरी, सुजाता परियार, कल्याणकुमार गुरुङ, सरिता प्रसाई, अमृत अर्याल, कल्पना चौधरी, गेहेन्द्र गिरी, तारामान गुरुङ, राजीव कोइराला, उमेशजंग रायमाझी, अब्दुल सत्तार, राजीव ढुंगाना, रामहरि खतिवडा, अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, मुक्ताकुमारी यादव, प्रतिमा गौतम, प्रा.डा. गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, डा. गंगालक्ष्मी अवाल, सुशिला थिङ, सुशिला ढकाल (आचार्य(, शान्ति परियार वि.क., डा. जीवन राना, धना खतिवडा, गोमाकुमारी भट्टराई, अनिलकुमार रुंगटा, आमन्त्रित केन्द्रीय सदस्य दिपक खड्का, आमन्त्रित रुपमा बैठकमा सहभागी मन्त्रीहरु— तेजुलाल चौधरी (युवा तथा खेलकूद( र रामनाथ अधिकारी ९.(कृषि तथा पशुपंक्षी विकास( ले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको छ । कार्यसमितिको बैठक असार २२ गते विहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top