नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

आज नेपाली जनसम्पर्क समिति मलेशियाको चौथो अधिवेशन ; कांग्रेस र नेपालको लोकतान्त्रिक अभियानलाई प्रवासी नेपालीको साथ र सहयोग चाहिएको काबा सभापति खड्काको कथन


क्वाललम्पुर(मलेशिया), २० पौष । नेपाली जनसम्पर्क समिति, मलेशियाको चौथो अधिवेशन आज राजधानी क्वाललम्पुरको होटल ग्राण्ड कन्टिेनेन्टलमा हुँदैछ ।

अधिवेशनलाई नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुभकामना सन्देश पठाउँदै सफलताको कामना गर्नुभएको छ ।

जनसम्पर्क समिति मलेशियाका अध्यक्ष चोलाकान्त पंगेनीको सभापतित्वमा हुने चौथो अधिवेशनको प्रमुख आतिथ्यता नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलले भर्चुअल माध्यमबाटै गर्नुहुने भएको छ ।

नेपाली कांग्रेसका कार्यवाहक सभापति खड्काले जनसम्पर्क समिति मलेशियाको चौथो महाधिवेशन हुने खबरले आफूलाई अत्यन्त खुसी लागेको उल्लेख गर्दै नेपाली जनसम्पर्क समिति मलेशियासंग आबद्ध रही नेपालको लोकतत्वको सरक्षण र संस्थागत विकास तथा पार्टी संगठनका लागि अनवरत रुपमा चिन्तनरत र सक्रिय रहनु भएका सम्पूर्ण साथीहरुलाई हार्दिक बधाई र शुभकामना दिनुभएको छ ।

जनसम्पर्क समिति मलेशियाले आफ्नो स्थापनाकालदेखि नै नेपालको लोकतान्त्रिक प्रणालीको संस्थागत विकास र सुदृढीकरणका लागि पुर्याउदै आएको योगदान अस्मरणीय रहेको उल्लेख गर्दै उहाँले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ, “नेपाल यतिबेला इतिहासकै सबैभन्दा कठिन र परिवर्तित राजनीतिक परिवेशबाट गुज्रीरहेको छ ।नेपालको लोकतन्त्रसंगै नेपालीपन पनि जोगाउनु छ । यतिवेला तपाईको साथ र सहयोग लोकतन्त्र र लोकतान्त्रिक पार्टी नेपाली काग्रेसलाई मात्र होइन समस्त नेपाललाई चाहिएको छ। विश्वव्यापी भूमण्डलीकरणका कारण नेपालीहरु विश्वभर फैलिएर रहेता पनि मातृभूमिप्रतिको भावना र लोकतन्त्रप्रतिको प्रतिवद्धता अझ सशक्त रूपमा देखिएको छ। तपाईंहरूको यही सक्रियता नेपालको लोकतन्त्रका जागि सबल र सकारात्मक पक्ष हो ।”

कार्यवाहक सभापति खड्काले भन्नुभएको छ, “नेपाली जनसम्पर्क समिति मलेशियाको वो चौथो अधिवेशनमा मलेशियामा रहेका प्रवासी नेपालीहरुको हक र हितको पक्षमा आवाज बुलन्द गर्न पार्टी संगठनलाई सुदृद्ध र सबल बनाउन, नेपालको लोकतन्त्रको सरक्षण र सम्बर्द्धन गर्ने लगायतका विषयहरुमा गम्भीर बहश हुने मैले विश्वास गरेको छु। लोकतान्त्रिक अभ्यास गर्ने अपसी भाइचारा बाँड्ने, सुख दुख साट्‌ने र मित्र मिलत गर्ने यो अबसर एउटा सुन्दर अनुष्ठानमा परिणत हुने मैले विश्वास लिएको छु।”

उहाँले भन्नुभएको छ, “प्रवासमा रहेर विभिन्न पेशा र व्यवसायमा अत्यन्त व्यस्त रहदारहदै पनि यो अधिवेशनमा सहभागी हुनुभएका सबै साथीहरुको उन्नति र प्रगतिको कामनाका साथ चौथो आधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु।”

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top