नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Thursday, December 4th

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

आज गौरापर्वः सभापति देउवाद्धारा देश विदेशमा रहनुभएका समस्त नेपालीमा सुख,शान्ति र समृद्धिको शुभकामना


काठमाडौँ, १५ भदौः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरापर्वले नारी शक्ति, समर्पण, भक्ति र संस्कृतिप्रतिको आस्थालाई उजागर गरेको बताउनुभएको छ ।

गौरापर्वका अवसरमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले विशेषगरी नेपालको कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो उत्साह र उमङ्गका साथ मनाइने यस पर्वले जनजीवनमा गहिरो सांस्कृतिक छाप छाड्नुका साथै एक विशिष्ट पहिचान पनि निर्माण गरेको उल्लेख गर्नुभएको छ ।

देवी गौरी (गौरा) र भगवान् शिव (महेश्वर) को पूजा गरी मनाइने यस पर्वले नारी शक्ति, समर्पण, भक्ति र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्दछ । विविध सांस्कृतिक र धार्मिक परम्पराले भरिएको हाम्रो नेपाली समाजमा गर्व गर्न लायक थुप्रै मौलिक रीतिरिवाज र परम्पराहरू रहेका छन् ।

सभापति देउवाले गौरापर्व केवल धार्मिक अनुष्ठानमात्र नभई समाजिक एकता, मेलमिलाप, आपसी सद्भाव र संस्कृतिक संरक्षणको आधारशिला भएको बताउनुभएको छ । विभिन्न धार्मिक, सांस्कृतिक गीत, भजन, देउडालगायत नाच, व्रत, पूजापाठ र सामूहिक सहभागिताले यो पर्वलाई झनै विशेष बनाएको छ ।

यस पर्वले हाम्रा पुर्खाहरूको संस्कृति र परम्पराको संरक्षण गर्न प्रेरित गर्नुका साथै भावी पुस्तालाई यसको महत्व बुझ्न र आत्मसात गर्नसमेत उत्प्रेरित गरेको सभापति देउवाको भनाइ छ । उहाँले गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीमा सुख, शान्ति र समृद्धिको वातावरण सृजना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • Uncategorized
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top