नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

अकल्पनीय राजनीतिक घट्नाक्रम र विध्वंशको कारण कांग्रेसले कोजाग्रतको चियापान र शुभकामना आदान-प्रदान कार्यक्रम नगर्ने


सानेपा(ललितपुर), १२ असोज । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यस वर्ष नहुने भएको छ ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति प्रकाशित गर्दै यसको जानकारी दिनुभएको हो ।

उहाँले जारी गर्नुभएको विज्ञप्तिमा वि.स. २०३३ सालमा जननायक बी पी कोइराला निर्वासनबाट राष्ट्रिय एकता तथा मेलमिलापको नीतिु लिई स्वदेश फर्केपछि हरेक वर्ष नेपाली काग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह आयोजना गरी शुभकामना आदान(प्रदान गर्ने परम्परा रहँदै आएको सर्वविदितै भएको कुरा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “भाद्र २३ र २४ गतेको अकल्पनीय राजनीतिक घटनाक्रमसँगै ७२ जनाभन्दा बढीले ज्यान गुमाएको, राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय (सिहदरवार), ससद भवन र सर्वोच्च अदालत लगायत राज्यका तीनै अगका सबै तहका भौतिक एवं प्रशासनिक सरचनाहरू, प्रहरी कार्यालयहरू, लोकतान्त्रिक गणतन्त्रका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गरेका राजनेताहरूको ऐतिहासिक भवन र आश्रमहरू, व्यवसायिक प्रतिष्ठानहरू, पार्टी सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य डा आरजु राणा देउवा लगायत केन्द्रीय सदस्यहरू एवं पार्टीका विभिन्न तहका नेता साथीहरूमाथि साघातिक आक्रमण, लोकतन्त्रका पक्षधर विभिन्न राजनैतिक दलका नेता र केन्द्रीयदेखि स्थानीय तहसम्मका दलका कार्यालयहरू र विभिन्न राजनीतिक एवं गैर-राजनीतिक व्यक्तिहरूको नीजि सम्पतिमा समेत सुनियोजित तवरबाट आक्रमण, लुटपाट र आगजनी गरि खर्बीको सम्पत्तिको क्षति हुन पुग्यो । नेपालको इतिहासमा यो अत्यन्त अकल्पनीय र दुःखद घटनाको रुपमा रहेको छ ।”

नेपाली कांग्रेसद्धारा जारी विज्ञप्तिमा अगाडि भनिएको छ,”चाडवाडको समयमा समग्र मुलुकका नागरिकहरू शोकमा डुवेको र हाम्रो पार्टीको केन्द्रीय कार्यालय समेतमा आगजनी गरि ध्वस्त पारिएको अवस्थाको ‘यो विषम परिस्थितिमा हामी देशभक्त नेपाली नागरिकबीच थप राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता हुनुपर्छ’ भन्ने तथ्यलाई हृदयङ्गम गर्दै आम नेपाली आमाबुवा दिदीवहिनी तथा दाजुभाइहरू अकल्पनीय शोकमा रहेकोले कोजाग्रत पूर्णिमाका दिन नेपाली काग्रेसले आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान_प्रदान कार्यक्रम यस वर्ष (२०८२ साल) आयोजना नगर्ने कुरा यसै विज्ञप्ति मार्फत् सबैलाई जानकारी गराइन्छ ।”

Share this to your Socials.

Facebook
X
LinkedIn

Most Recent Updates

  • All Posts
  • कार्यक्रम
  • जनसम्पर्क समिति
  • समाचार
    •   Back
    • बहराइन
    • बेल्जियम
    • क्यानडा
    • चीन
    • साइप्रस
    • डेनमार्क
    • फिनल्याण्ड
    • फ्रान्स
    • जर्मनी
    • हङकङ
    • भारत
    • इजरायल
    • इटाली
    • जापान
    • कुवेत
    • लक्जेम्बर्ग
    • मकाउ
    • मलेसिया
    • नेदरल्याण्ड्स
    • न्युजिल्याण्ड
    • नर्वे
    • ओमान
    • पोल्याण्ड
    • पोर्चुगल
    • कतार
    • दक्षिण कोरिया
    • साउदी अरेबिया
    • स्वीडेन
    • स्वीट्जरल्यान्ड
    • संयुक्त अरब इमिरेट्स
    • बेलायत
    • स्पेन
    • अष्ट्रेलिया
    • आयरल्याण्ड
    • संयुक्त राज्य अमेरिका
Scroll to Top