नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

विभाग प्रमुखको सन्देश

आदरणीय साथीहरु,

लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्दै मुलुकलाई समृद्ध बनाउन नेपाली कांग्रेसलाई अझ सुदृढ र संगठित रुपमा विकास गर्नु अत्यन्त आवश्यक छ । लोकतान्त्रिक शक्तिको पर्यायका रुपमा रहेको नेपाली काँग्रेस नै मुलुकको भविष्य हो । यसभित्रै आम नेपालीको भविष्य सुरक्षित छ र रहन्छ । कालजयी नेताहरु बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला लगायत पार्टीका महान नेताहरूको सपना साकार पार्न पार्टीका आदरणीय सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टीलाई थप सुदृढ़ बनाउनु हामी सबैको कर्तव्य हो । नेपाली कांग्रेसको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा सुदृढ़ र सबल बनाउन विदेशमा रहेका नेपालीको भूमिका अझ सशक्त र प्रभावकारी हुनु अपरिहार्य छ ।

विश्वभर रहेका नेपालीलाई यस अभियानमा सङ्गठित गर्दै सदस्यहरुको हितमा कार्य गर्न र नेपाली कांग्रेसको अन्तर्राष्ट्रिय छविलाई उजागर गर्न सबै नेपाली जनसम्पर्क समितिको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । सबैले आफ्नो ठाउँबाट पार्टीको सिद्धान्त र उद्देश्यलाई अघि बढाउन सक्ने कार्यमा सक्रिय सहभागिता जनाउनु हुनेछ भन्ने मेरो विश्वास छ । हामी जहाँ भएपनि आफ्नो भाषा, संस्कृति, धर्म र पहिचानलाई संरक्षण गर्दै नेपाली कांग्रेसको मूल्य मान्यतालाई उच्च राख्न हाम्रो प्रतिबद्धता जरुरी छ । जनसम्पर्क समितिको माध्यमबाट हामीले मानव अधिकारको संरक्षण, आप्रवासनसम्बन्धी चुनौतीहरूको सामना र हरेक नेपालीको समृद्धिमा योगदान पुर्याउनु परेको छ । म तपाईहरु सबैलाई सधैं पार्टी र राष्ट्रको सेवामा एकताबद्ध भएर अगाडि बढ्न आह्वान गर्दछु । यो हाम्रो साझा जिम्मेवारी हो र यसलाई पूरा गर्न हामी सबैले हातेमालो गर्नै पर्छ ।

सधैं तपाईँहरूको साथ र सहयोगको अपेक्षामा।

जय नेपाल
किरण पौडेल
केन्द्रीय सदस्य एवं
प्रमुख,

नेपाली जनसम्पर्क समिति समन्वय विभाग,
नेपाली कांग्रेस

Share this to your Socials.

Facebook
X
LinkedIn
    Scroll to Top