नेपाली कांग्रेस- नेपाली जनसम्पर्क समिति समन्वय विभाग

Thursday, December 4th

नेपाली जनसम्पर्क समिति समन्वय विभाग

विभागको काम र कार्य क्षेत्र

विभागले मूलतः विदेशमा रहेका नेपालीबीच संस्थागत सम्पर्क स्थापित गर्दै समन्वय कायम गर्नेछ । देशबाहिर रहेका नेपालीहरूले नेपाली कांग्रेस पार्टीको पक्षमा पुर्याउन सक्ने योगदानका विषयमा जनसम्पर्क समितिसँग छलफल र परामर्श गरी सुझाव तथा सल्लाह लिनेछ । साथै, हरेक नेपालीलाई विदेश बसाईका क्रममा हुनसक्ने समस्याको समाधान र चुनौतीको सामना गर्न जनसम्पर्क समितिमार्फत आवश्यक सहयोग पुर्याउने छ । विभागले नेपाली कांग्रेस पार्टीको बृहत्तर हितका लागि सबै जनसम्पर्क समितिलाई सुदृढ, अनुशासित र एकताबद्ध गर्दै परिचालन गर्न आवश्यक कार्य गर्नेछ । साथै,सामाजिक तथा सांस्कृतिक महत्वलाई अझ थप ससक्त र सुदृढ़ गर्न व्यवसायिक रुपमा अनुभवी र सफल डाएस्पोरासंग सहकार्य गरी नेपाल र नेपालीको हितको लागि विभागले चरणबद्ध रूपमा सहकार्य गर्नेछ र देशभित्र पार्टीले भाग लिएको सबै निर्वाचनमा जनसम्पर्क समितिसँग आबद्ध सदस्यहरुलाई पार्टी र पार्टीका उम्मेदवारका पक्षमा मतदान गर्ने वातावरण बनाउन आवश्यक पहल गर्दै तद्अनुसार काम गर्न संबन्धित समिति, पदाधिकारी र सदस्यहरुलाई निर्देशन समेत गर्नेछ ।

Share this to your Socials.

Facebook
X
LinkedIn
    Scroll to Top