काठमाडौँ, १६ भाद्र । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) को अध्यक्षमा ई.रविभूषण झा निर्वाचित हुनुभएको छ।
शनिबार भएको निर्वाचनमा झा सिडेनको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
आइतबार सार्वजनिक गरिएको मत परिणाम अनुसार उपाध्यक्षमा मदन पुरी विजयी हुनभएको छ । त्यस्तै महासचिवमा ई. सुदर्शन शर्मा विजयी हुनुभएको छ।
उपमहासचिवमा ई. खगेन्द्र अवस्थी र कोषाध्यक्षमा ई. सुजित कोइराला निर्वाचित हुनुभएको छ।
केन्द्रीय कार्यसमितिका १३ जना सदस्यहरुमा केन्द्रीय कार्यसमितिका १३ जना सदस्यहरुमा सदस्यमा नानुमाया काफ्ले, महेश घिमिरे, आयुष्मान अधिकारी, ज्ञानेन्द्रकुमार त्रिपाठी, दीपा पौडेल, अङ्कित शर्मा, सोना सुकुभटु, लक्ष्मी पाण्डे, प्रेरणा ओली, मानस वस्ती, समीप केसी, इन्द्रजितकुमार शाह र सचिन न्यौपाने निर्वाचित हुनुभएको छ ।
शनिवार नै भएको बागमती प्रदेश समितिको सभापतिमा सुजन भट्ट निर्वाचित हुनुभएको छ । वागमतीको उपसभापतिमा मनिष पन्थ, सचिवमा आशिष थापा, सहसचिवमा राजेश यादव,कोषाध्यक्षमा स्वस्तिका कार्की निर्वाचित हुनुभएको छ ।
त्यस्तै कोशी प्रदेशको अध्यक्षमा ई.भरत न्यौपाने, मधेश प्रदेशको अध्यक्षमा ई. राजकिशोर भिनवार यादव, गण्डकी प्रदेश अध्यक्षमा ई.सिरस बास्तोला, लुम्बिनी प्रदेश, अध्यक्षमा ई. अमित खनाल, कर्णाली प्रदेश, अध्यक्षमा ई. आदित्यविक्रम शाह, सुदुरपश्चिम, अध्यक्षमा ई. रोशनप्रसाद भट्ट निर्वाचित हुनुभएको छ ।
प्रदेश समितिहरुमा कोशी,वागमतीमा पदाधिकारी र सदस्यहरुमा निर्वाचन भएको थियो । मधेश, कणाली र सुदूरपश्चिममा सर्वसम्मति भयो भने गण्डकी र लुम्बिनीमा केहि पदमा निर्वाचन र केहिमा सर्वसम्मति कायम गरी नेतृत्व चयन गरिएको थियो ।
नेपाली कांग्रेसको नेपाल जनसम्पर्क समिति समन्वय विभागका प्रमुख किरणराज शर्मा पौडेलले सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपालका नवनिर्वाचित केन्द्रीय कार्यसमिति तथा सबै प्रदेश समितिका अध्यक्षसहित सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ ।




